कथित मानव सर्वश्रेष्ठताको मुकुट उतारौं
प्रकाशित मिति : कार्तिक १७, २०७७ सोमबार
-सुमनसिंह पौडेल
आफुलाई बुझ्नु भनेको आफुसँग अन्तर्निहित कैयौ दायित्व बुझ्नु पनि हो । मान्छे आफ्नो लागि मात्र बाँच्ने कुरा सही होइन । दोस्रोको निम्ति बाँच्नुपर्छ भन्ने कुरा बुझ्नु स्वत दोस्रोप्रति आफुसँग निहित दायीत्वबोध हुनु हो । यहाँ दोस्रो भन्नाले ब्यक्तिमात्र होइन आफुले धारण गरेको भौतिक शरिर भन्दा अलग सिंगो पृथ्वी र यहाँ भित्रका प्रकृतिमा बिचरण गरिरहेका बनस्पति र प्राणिहरुलाई सम्झनु पर्दछ । यसर्थ मान्छेको दायित्वको दायरा विशाल छ ।
पक्कै पनि मान्छे सर्वश्रेष्ठ छ । तर मान्छेको सर्वश्रेष्ठताको मापन मान्छेले गरेका आविस्कार, खोज अनुसन्धान र मान्छेले बाँचिरहेको जीवनबाट मात्र सम्भव हुन्छ जस्तो लाग्दैन । अवश्य मान्छेले आफुलाई चेतनशिल ठान्छ र यही ढोंगमा आफ्नो ऐतिहासिक साहित्य पर्गेल्छ । यो सरासर गलत छ । मान्छेको सर्वश्रेष्ठताको मापन उसले गरेको कल्याणकारी , प्रकृतिमैत्री, पृथ्वीसंरक्षक ब्यवहारको आधारमा गरिनु पर्छ । त्यो मात्र बैज्ञानिक र बस्तुवादी हुन्छ ।
पृथ्वीमा भएका प्रकृति आश्रित असंख्य जीवहरु मध्ये मानिसमात्र एक यस्तो प्राणी हो जो आफू सर्वश्रेष्ठ भएको दावी गर्छ र गर्वित बन्न पुग्छ । पृथ्वीमा कैयौ जीव जनवारहरु एक आपसमा लडिरहेका हुन्छन्, एकले अर्काको मासु खाएर आफ्नो प्राण गुजारा गरिरहेका हुन्छन् । तर के मान्छेले यतिका समयहरुमा आफ्नो उत्पत्तिकालदेखि यता खास गरेर हाम्रो सबैभन्दा पुरानो पूर्वज पेरोलापिथेकस हुंदै मानव जीवनमा पर्दापरण गरेको ४० लाख बर्ष यता आफू आफू लंडाइ गरेर कति नरसंहार गर्यो ? के हामीसंग यसको कुनै लेखाजोखा छ ?
प्रकृतिमा सबैको सापेक्षित र उस्तै गरेर विकास भैरहेको छ । विकासका निम्ति आवश्यक अनुकुलता मान्छेद्वारा लुटिनाले कैंयौ जीवहरुको जीवन ईतिहास मात्र बन्न पुगेको छ । कैयौ जीव र बनस्पती मान्छेले पैदा गरेको प्राकृतिक प्रतिकुलताको कारण लोप भएका छन, लोपोन्मुख छन् । कैयौको स्वरुप परिवर्तन भएको छ । कैयौको आनिबानीमा बदलाव आएको छ ।
कैयौ जीवहरु हराइरहेका छन् । त्यसो त कैयौ नयाँ नयाँ जीवहरुको उत्पत्ति समेत भइरहेको छ । जसरी हामी मान्छेको उत्पत्ति भएको थियो । र यो पृथ्वीमा १४ करोड बर्ष सम्म राज गरेर बसेको डाईनासोरको पनि ६ करोड ५० लाख बर्ष पहिले यो धर्तीमा उल्का पिण्डको ठक्करबाट पैदा भएको महाबिष्फोटको कारण बिनास भएको थियो । कारण अर्कै पैदा हुनसक्ला तर हामी मान्छेको कारण निर्माण हुंदै गएको प्राकृतिक बिद्रुपीकरणले बिनास अवश्यम्भावी छ ।
हामी मानिस हुनुमा गर्व गर्छौं । सायद हामी मान्छे नभएर कुकुर भएको भए ? यस्तो कल्पना गरेर जिब्रो टोक्छौं । तर कुकुरमा बिद्यमान जीवन देख्दैनौ । हामी आफू मान्छे बाहेक अरुको जीवनलार्ई जीवन ठान्न र बुझ्न चुकिरहेका छौं । यो हामी मान्छे जातिमा ब्यप्त सबैभन्दा ठूलो अहंता हो , घमण्ड हो , अभिमान हो । हामीलाई यसले पुरै अन्धो बनाएको छ । हामी अन्धो बनीसकेका छौं ।
धर्मको पाखण्डपनले बिज्ञानद्वारा उजागरीत कैयौ तथ्यहरुलाई कालो बर्को ओडाएको छ । मानिस बाहेक प्रकृति उपभोग गरिरहेका कैयौ जीवलाई धर्मले तुच्छ, निचको रुपमा मानिसको दिमागमा भरिदिएको छ । अर्को जुनि वा जन्म (पुनर्जन्म) विभिन्न जनावार समुहमा जन्म लिने जस्ता बकवास पाखण्ड धर्मले मानिसहरुलाई सिकाएको छ । मानिस आफू र आफ्नो समुदाय भन्दा अरुमा जीवन देख्न सक्दैन । मान्छेलाई धर्मले पुंजीबादी लुटेराहरुको गुलाम बनाईदिएको छ । धर्म नामको आध्यात्मीक चेतना उन्नत मानवीय सभ्यताको महादुश्मन हो । जसका उपासकहरु प्राणीजातीका सर्वनासक हुन् ।
शोषण र बिभेदको मुख्य संरक्षक बनिरहेको अध्यात्मकवादी पुंजीवाद आफ्नो सत्ता टिकाउन, आफू टिक्न, दुनियालाई उल्टो वाहियात विषयको पछाडि कुदाइरहेको छ । मान्छे हुनुको गर्व र गौरवको अतिरिक्त धनी शक्तिसाली बन्नुको अर्को गौरव र घमण्ड पुंजीवादी राजनीतिले पैदा गरेको छ । र त्यो राजनीतिले पैदा गरेको वर्ग र त्यहाँ भित्रका पनि खास विशिष्ट भनिएकाहरु गरिव र सिमान्तकृत हरुलाई मान्छे मान्न चाहिरहेका छैनन । यो यथार्थ सत्य हो । आफ्नो राज्यको भ्रमणपछि रानी एलिजावेथले भनेकी थिइन – ‘जतासुकै कंगालहरु थिए, घुमन्ते दरिद्रहरु थिए ।’
आफुलाई सत्ता मान्ने सामन्तवादी, पुंजीवादीहरु गरीव वर्गलाई मान्छे मान्न तयार छैनन् भन्ने यो एउटा सानो उदाहरण हो ।
हामी यस्तो समय र समाजमा बाँचिरहेका छौं , जहाँ साँचो कुरा बुझेपछि मानिस हुनुमा लज्जा हुन्छ । हामी आफुले आफैलार्ई थुक्न पुग्छौं–मानिस भएकोमा । हाम्रो आर्थिक अवस्था , हाम्रो जीवनशैली सामन्य गरीवीमै व्यतीत भईरहेको भएपनि अभिमानी मानव ईतिहासका कैयौ नकारात्मकताका भागिदार हामी पनि हौं । त्यसैले पृथ्वी , प्रकृति र सम्पुर्ण जीव दुनियालाई पिरोल्नुमा हामी पनि जिम्मेवार छौं । हामीले यताबाट पनि हेर्नू पर्दछ । र गरिव जीवनको छाप्रोबाट दुनियालाई बचाउने दायीत्व ग्रहण गर्नुपर्छ ।
हामीले नबुझेको हो कि , बुझेर पनि बुझ पचाएका छौं ? प्रश्न आफैलाई गरौं । किनकी सिंगो प्रकृतिमा हामी सबै एक अर्कामा अन्तर्निर्भर छौं , अन्तर्घुलित छौं । रुख बिना हामी र हामी बिना रुखहरु पनि बाँच्न मुश्किल पर्दछ । रुख सिंगो पृथ्वीमा अधिक महत्वपुर्ण छ जीवनका लागि । हामी यति बिघ्न रुख काटिरहेका छौं, हाम्रा साधारण आवश्यकता र कुत्सित स्वार्थहरुको निम्ति सिंगो पर्यावरणलाई ध्वस्त पारिरहेका छौं । यो हाम्रो आत्महत्यापथ सिवाय केही होइन ।
जंगलले हामी प्राणीहरुलाई जीवन दिन्छ । हामीले फ्यांकेको कार्वन्डाइअक्साइड जंगलले लिन्छ र त्यसको बदलामा हामीलाई अक्सिजन दिइरहेको हुन्छ । हामीले बुझेका त छौं तर हामीलाई यो विषयप्रति यतीबेला ध्यान दिन आवश्यकता परेको छैन । किनकी हामीले त्यो भयावह अवस्था झेल्नु परेको छैन । तर गम्भीर बनेर आफ्नो मानिस भएको घमण्डलाई एकछिन विश्राम दिएर हाम्रो भोलि अर्थात भावी पुस्ताको जीवन संग यति ठुलो खेलबाड नगरौं ।
प्रकृति माथिको भयानक आक्रमण दोहन र ज्यादती हामीले रुखहरु माथि गरिसकेका छौं । रुख माथिको हाम्रो आक्रमण जीवन माथिको सांघातिक आक्रमण हो । बिशाक्त आक्रमण हो । विश्वभरी हामीले असाध्यै ठूलो पैमानामा रुखहरुको बिनास गरिसकेका छौ । त्यसैले यतिबेला कार्वनउत्सर्जनको कारण तापक्रम वृद्धि भइरहेको छ । छिट्टैनै यहि तापक्रमको कारण हिमपहाडहरु पग्लनेछन, समुन्द्रको सतह माथी आउने छ, जसकारण समुन्द्र तटिय क्षेत्रमा रहेका न्युयोर्क, लण्डन, मुम्बई, कलकत्ता, सानफ्रान्सीस्को, आमस्टडर्म लगायतका बिश्वका कंयौ शहरहरु समुन्द्रमा डुब्नेछन, ईतिहास बन्ने छन । जतिबेला हामीलार्ई पछुतो गर्न समेत समय मिल्ने छैन ।
बिश्वमा जनसंख्या वृद्धि पनि अत्याधिक छ । हामी अरु प्रजातिका जीवहरुको जीवनलार्ई ध्वस्त पार्दै आफू भने आफ्नो धर्म बचाउन जनसंख्यालाई तीब्र बनाइरहेका छौं । हामीलाई आफ्नै बिनासक र दुखको कारण बनीरहेको पुंजीवादीहरुको हतीयार कथीत धर्मलाई बचाउनु परेको छ । रुखहरुको बिनासको कारण पर्यावरणमा आएको ठूलो संकटले मानवजातिमा खानेपानीको हाहाकार हुने स्थिती छ ।
सबै कुराको बिकल्प हुन सक्छ तर पीउने पानीको सम्भब छैन । यतिबेला हामीसंग रहेको करिब ७ अर्व जनसंख्यालाई पर्याप्त हुने खानेपानीको आपुर्ती गर्न असमर्थ भइरहेका छौं । विश्वको झण्डै आधा जनसंख्यालाई पीउने पानीको आपुर्ती गर्न सकीरहेको हीमालय हामीले गरेको तीव्र प्राकृतीक दोहनको कारण सन्तुलन गुमाउंदै गईरहेको छ । भविस्यमा यो एउटा भयानक समस्या बनेर हाम्रो अगाडि उपस्थित हुनेछ । पीउने पानीको अभाबमा दुनीया छटपटाउंदै मर्नुपर्ने हुनसक्छ त्यतिबेला हामीलार्ई पश्चताप गर्न समेत अवशर नमील्न सक्छ ।
हाम्रो यो प्रकृतिबिरुद्धको तीब्र हमला र व्यापक बनफंडानिले कृषि तथा जीव जन्तुको लागि चरन र बसोबासको क्षेत्र मरभुमिमा परिणत भइरहेको छ । कंयौ बनस्पतिहरु लोप भइरहेका छन । कंयौ प्रजातिका प्राणिहरु लोप भइरहेका छन । हामी आफ्नो अहमता र मान्छे हुनुको घमण्ड सांधेर आफ्नो कृतिम वैभवताको लागि ठूलो भयानक अपराध गरिरहेका छौं ।
के हामीलार्ई यी विषय थाहा नभएका हुन ? थाहा छ तर हाम्रो मानसमा यस्तो बिसाक्त सुझबुझ भरिएको छ जो आफुलार्ई आधुनिक मानवको मुकुट पहिरेर केही नाफाखोर हरुका कंयौ बस्तु खरिद गरिरहेका छौं । प्रकृतिको भयानक दोहन गरेर नाफाखोरहरु हामीलार्ई आफ्नो बजारमा मोलमोलार्ई गरिरहेका छन । हामी पुंजीवादी लुटेराहरुका भोग्य बस्तु बनेका छौं ।
प्रकृतिको मरभुमिकरण, नाफाको लोभमा तीब्र उत्पादनको लहड, पुंजीवादी लुटको नीकृष्ट चरीत्रको कारण प्रकृतिको दुश्मनको रुपमा पुजींवादले हामी सबैलाई उभ्यांउदै छ । सर्बश्रेष्ठताको पाईजामा लगाईदिएर पुंजीवाद हामी सबैलाई आफ्ना कर्तुतहरुको भागीदार बनाउन खोजीरहेको छ । किटानसक बिसादि प्रयोग गरेको तरकारी खाएर प्रतिबर्स लाखौं मान्छेको मृत्युु हुन्छ । कंयौ जीवहरुको जीवन संकटमा पर्छ, लोप हुन्छ ।
नाफाको लोभमा परेका आशक्ती मानिसहरु तीब्र औधोगिकरणको नाममा बिशालु ग्यांस उत्सर्जन गरिरहेका छन । जसकारण पृथ्वीदेखी ३० हजार फीट माथी वायुमण्डलमा स्थाई रुपमा तह बनेर बसेको ओजोन तह नस्ट भैरहेको छ , प्वाल परिरहेको छ । ओजोन तह पृथ्वीमा भएको प्राकृतिक सबै प्राणी तथा बोटबिरुवाको लागि अत्यन्तै महत्वपूर्ण छ । ओजोन तहको नस्टिकरण संगै सुर्यबाट आउनेमध्येका हानीकारक परावैजनी किरणहरु पृथ्वीमा प्रबेश गरिरहेका छन । जसकारण पृथ्वीका कंयौ प्रजाती, प्राणी यस महा संकटको छांयामुनी छट्ट्पटाइरहेका छन । छटपटाउन बाध्य बनीरहेका छन् । यसले पृथ्वीको सन्तुलन बिगारीरहेको छ जसकारण हामी भयानक खतराको एकदम नजीक छौं ।
हामी आफुलार्ई सर्वश्रेष्ठ भएको कथित दावी गर्छौं । तर हामी मानव जाती अत्यन्तै तुच्छ, निकृष्ट , हत्यारो, भएका छौं । त्यसैले हामी मानवबाट अमानव बन्दै गइरहेका छौं । जसरी प्रकृतिको यति बिघ्न दोहन, यति हानी भइरहेको छ के यो कुनै अमुक जनवारले गर्यो ? आजसम्म मानव बाहेक यो पृथ्वीलार्ई यति ठूलो चोट कसैले पुर्याएको छैन । जसको कारण उत्पन्न भयानक पर्यावरणीय संकटको मार सिंगो प्राणी जगतले भोग्न बाध्य छ । कोभीड–१९ जस्तो महामारी हामी यतीबेला भोगीरहेका छौं, कंयौ यस्ता महामारी भोग्दै आईरहेका छौं । कंयौ संकटहरु उत्पन्न भएका छन् । के हामी अझै घमण्ड गर्छौं ? हामी आफुलाई सर्बश्रेष्ठ ठानेर अझै अन्धो बन्छौं ?
हामी मानवजाती यस्ता छौं कि २० औं खर्व डलर युद्ध प्रबिधि, अमानविय युद्ध र जनदमनमा खर्च गरिरहेका छौं । हामीलार्ई हाम्रो कृतिम बैभवको चिन्ता छ, तर बर्षमा २ करोड भन्दा बढी मानिस कुपोसित र खान नपाएर मरिरहेका छन । प्रतिमिनेट करिब संयौ जना बालबालिका खान नपाएर मरिरहेका छन । अर्को तर्फ हामी अभिमानी कथित सर्वश्रेष्ठ प्राणी मानिस प्रती मिनेट अरबौं रकम सार्वजानिक कोसबाट सैनिक खर्चमा लगाइरहेका छौं ।
हामीलार्ई जीवनको कुनै पर्वाह छैन । हामी पछिल्ला १०० बर्षहरुमा यहाँ सम्म आइपुग्यौं कि हामीले हिजोको लाखौं बर्षको ईतीहांसपनि बिर्सिसकेका छौं र भोलि प्रती पुर्ण रुपमा अन्धो बनेका छौं । किन कि आज सम्मको मानव ईतिहास र प्रकृति यति कुरुप कहिलै भएको थिएन । तर हामी आफुलार्ई आजसम्मकै सुन्दर भनेर दावी गरिरहेका छौं ।
पक्कैपनि यी वास्तविक तथ्यहरुले हामीलार्ई झंस्काउंछ । चिन्तनमनन गर्ने अवस्थामा धकेल्छ तथापी हामी दिशाविहिन बन्न पुग्छौं । हाम्रो मथिंगलमा यो संकटको समाधान सुल्झदैन । हरेस नखाऔं, नडराऔं– अवस्य यसको समाधान पनि हामी संगै छ र यो समाधान बैज्ञानीक समाजवाद साम्यवाद हो । यो दायित्व पक्कै पनि अन्य प्राणिको होइन । किनकी उनिहरु यो संकटका दोसि होइनन ।
मान्छेलार्ई सर्वश्रेष्ठताको प्रमाणपत्र दिनेहरु अरु कोहि होइनन तिनिहरु सुनका दरवारमा बस्नेहरु हुन । महंङ्गा हिराजडित पलङ्गमा सुत्नेहरु हुन । ब्यक्तिगत रुपमै सुपरजेट लिएर हिन्नेहरु हुन । कृतिम वैभताको उच्चतम सिंहासनमा बसेका आदेशकर्ता नाफाखोर, बजार नियन्त्रक लुटपाट गर्नेहरु हुन । अहो ! हामी त्यही प्रमाणपत्र पाएर गदगद छौं पुलकित छौं । र भनिरहेका छौं हामी श्रवश्रेस्ठ प्राणी हौं ।
अझै झुक्किरहनु भएको छ भने कृपाय अब नझुक्किनु होला । सिंहासनबाट तल ओर्लनु होला र आम मानवहरुको भिडमा उभिएर आफुलार्ई मानवमात्र अथवा प्राणी मात्र ठान्नु होला । सर्वप्रथम हामी कथित सर्वश्रेष्ठताको प्रमाण पत्र जलाऔं । सर्वश्रेष्ठताको मुकुट निकालौं । सर्वश्रेष्ठ भएको अहंकारलार्ई तोडौं । सबैभन्दा पहिलो परिवर्तन हाम्रो त्यहिंबाट सुरु हुने छ ।
अझै एउटा तथ्यांकमा जाऔं । ३० औं करोड बिद्यालय उमेरका बालबालिकाहरु शिक्षा पाइरहेका छैनन । तर यति संख्यालार्ई शिक्षा दिन सकिने खर्चभन्दा बढी खर्च एउटा आणविक पानी जहाजको छ । यस्ता कंयौ पानी जहाजहरु सर्वश्रेष्ठ भएको अभिमानमा कुर्लनेहरुले संमुन्द्रमा २४ घण्टा तैनाथ गरेका छन । हजारौं बैज्ञानिकहरु युद्ध सामाग्री बनाउनमा जुटिरहेका छन ।
मानवीय मुल्यलाई भत्काउंदै यति धेरै यौन बिकृती फैल्याइएको छ कि जसले सोदोम र गोमोराहलाई बिर्साइदिएका छन । संस्कृती, मुल्य मान्यता, ध्वस्त गरीएको छ । मानव जीवन यति बिकृत गरिएको छ कि जसले हामीलार्ई मान्छे बाट लज्जाबोध हुने दुःखद अवस्थामा पुर्याएको छ । तर हामी आफुलार्ई आधुनिक मानवको घमण्डले ज्वज्यल्यमान गर्न मस्त छौं ।
मैले प्रथम प्रसंगमा भनेको छु, आफुलार्ई बुझ्नु भनेको हाम्रो आफ्नो दायित्वलार्ई बुझ्नु हो । हाम्रो दायित्व अवश्य आफ्नो लागिमात्र सिमित छैन र यसलार्ई सिमित गरिनु दुर्भाग्यपुर्ण हुन पुग्छ । हामीले आफ्नो दायित्वलाई आंफैमा मात्र निहित गर्नु भनेको घरमा चिसो एसि चलाएर प्रकृतिमा उत्पन्न भएको बिस्फोटक गर्मी, तापलार्ई बिर्सनु हो । जो हाम्रो कारण उत्पन्न भएको छ । कुद्दै गरेको कारको सबै झ्याल बन्द गरेर चिसो एसिमा बसेर बाहिरको गर्मी, ताप बिर्सनु हो ।
महलमा बसेर तल तल रहेका मसिना झुपडिमा गुज्रिएको उत्पात गर्मीको कुनै लेखाजोखा नगरिनु हो । यसो सम्झौं त हामी आफ्नो लागि कृतिम अनुकुलता तयार गरिरहेका छौं जसकारण पांच मिनेट अगाडि र पांच मिनेट पछाडि सम्म सोच्न बिर्सन पुग्छौं । पांच मिनेट अगाडि र पछाडि भुल्ने यस्ता सर्वश्रेष्ठ मानव हामी बिगत इतिंहासको त्यो हराबरा पृथ्वी, स्वच्छ हिमालय र हावा, असंख्य स्वच्छन्द प्राणी, हरियाली, स्वच्छता, अर्ग्यानिक खानपिन र जीवन कसरी सम्झन्छौं र ? !
अनि हाम्रा छोरा छोरी , नातिनातिना, अर्थात भोलिको त्यो सुदुर भविस्य कति भयावह होला, हामी कल्पना समेत गर्न आवश्यक ठान्दैनौं । कल्पना गर्ने हामी एकाध पनि यति गहिरो गरि चिन्तित बन्दैनौं । हामी पनि त्यही चिसो एसिकै जोहो गर्न तल्लिन छौं यस्तो गहन चिन्ता पन्छाएर ।
कसरी हामीले हाम्रा कमजोरी सच्याउन सक्छौं ? हाम्रो जीवन र हाम्रो सुदुर भविस्यलार्ई कसरी ठिक बनाउन सकिन्छ ? सबैको मनमा उब्जने सवाल यहि हो । अवश्य हामी एक दुई जनाको , एक दुई रास्ट्रको वातावरण मैत्रीता र प्रयत्नमा मात्र यत्रो बिश्वलार्ई जोगाउन सम्भव छैन । र यो खाली हाम्रो देशको मात्र जिम्मेवारी र हामीले मात्र सच्याउन सकिने विषय होइन । तर अवश्य सुरुवात भने गर्न सक्छौं ।
बैज्ञानीक समाजवाद–साम्यवादको स्थापनाको महान उदेश्य राखेर संचालन गरीएको एकीकृत जनक्रान्तिको अभीयान यसको सुरुवात मान्न सकीन्छ । किनकी अवको बिश्व मानव दुनीया पुंजीवादी वर्वरताको बिरुद्धमा यही मार्कसवादी सच्चाईमा ध्रुबीकृत हुंदैछ । मार्कसवाद तर्फ फर्कौं भन्ने बिश्वव्यापी नारा यसैको संकेत हो । पृथ्वीलाई बचाउनको निम्ति त बिश्वमै समान प्रकारको योजना बन्नु पर्दछ, साम्यवादी योजना । बिश्वका सबै मुलुकहरु त्यंहा सम्म आउनु पर्दछ जंहाबाट पृथ्वीलाईबचाउन सकिने र प्राणि लाई बचाउन सकिने अभियानको प्रारम्भ हुन्छ ।
पृथ्वीलाई जोगाउने हामी बिश्वभरिका सम्पुर्ण मानवजातिहरुको त्यो प्रारम्भ बिन्दु बैज्ञानिक समाजवाद हो । बिश्वमा औधोगिक क्रान्ती र त्यस यताका निरन्तरका तीब्र औधोगिकरण र उत्पादन करिब दुइसय बर्षहरुमा अझ खास गरेर बितेका ९०/१०० बर्ष यता पृथ्वीले आफ्नो इतिंहासमा कहिलै भोग्नु नपरेको बिपत्ती भोगिरहेको छ । र यसबाट उत्पन्न दुस्परिणामहरुको चपेटामा मानिस सहित सम्पुर्ण प्राणिहरु परिरहेका छन । हामीले हाम्रो सर्वश्रेष्ठताको प्रमाणपत्रको वरिपरि बिसाक्त बनेको प्राणी जीवनको चर्चा गर्यौं , त्यो राजनितिक हिसाबले “पुंजीवादको” कारण उत्पन्न भएको छ ।
पुंजीवादनै यस्तो ब्यवस्था हो जो सर्वश्रेष्ठता र आफ्नो कथित महानताको लागि दुनिंयालार्ई नस्ट गर्न समेत पछि पर्दैन । त्यसकारण सिंगो पृथ्वीको निम्ति पुंजीवाद भयानक दुश्मन बन्न पुगेको छ । यसका कंयौ बिकृतिहरु छन जसको जतिनै चर्चा गरेपनि कम हुन्छ । हामीले यति स्पस्ट बुझौं पुंजीवादी विश्व ब्यवस्थालार्ई भत्काएर हामी बैज्ञानिक समाजवादमा प्रबेश गरौं बैज्ञानिक समाजवादले सर्वप्रथम ’म’ लाई ’ हामी ’ बनाउने छ ।
हाम्रो कथित सर्वश्रेष्ठताको कवज उतार्ने छ । निजि पुंजिको अन्त्य गर्ने छ । सामुहिक र सामाजिक पुंजिको , सम्पतिहरुको बिकास गर्ने छ । समाजमा हामीलार्ई मानव अहित उल्टो हिड्न सिकाइरहेको पाखण्ड धर्मको कालो पट्टि खोलिदिने छ । मानव बिकास बिरुद्ध खडा भएका संस्कृतिका अग्ला अग्ला पर्खालहरु बैज्ञानिक समाजबादके भत्काइदिने छ । हामीलार्ई कृतिम वैभवको सिंहासनबाट तल झारेर भिड संग एकाकार गराइदिने छ । यो काल्पनिक विषय होइन पुंजीवादको कांचुली भित्र अनिवार्य जन्म लिनलार्ई तयार भएर बसेको जीवन हो । यहि नया जीवनले हामीलार्ई पुंजीवादी कालो बादल पन्छाएर बैज्ञानिक समाजवादमा लाने छ ।
यो हाम्रो अबको सर्वप्रथम बिसय हो । र यहि हाम्रो प्रथम कार्यभार हो । के यतिले हामीले माथी चर्चा गरेको भयानक संकटको समाधान गर्न सक्छ ? सवाल अवश्य उठ्यो होला । यतीले मात्र त्यो पर्याप्त हुदैन , जवाफ यहि हो । तर यति मात्र हाम्रो बांकी सबै कार्यभार भने अवश्य होइन । हाम्रो कार्यभार साम्यवाद हो । बैज्ञानीक समाजवादमा सर्वप्रथम हामी हाम्रो सर्वश्रेष्ठताको अहमतालार्ई तोड्न सक्षम हुने छौं । सबै भन्दा शक्तिसाली भन्ने बिसय अवश्य हराउने छ ।
हामी , हाम्रो, साझा, सामुहिक, कम्युन संस्कृतिको बिकास गर्ने छौं । त्यतिबेला रास्ट्रहरुको आवश्यकता रहने छैन । पर्यावरणिय, आर्थिक, सामाजिक, परिस्थिीती र वातावरणले हामीलार्ई पृथ्वी बचाउने साझा योजनामा प्रबृस्ट गर्न प्रेरित गर्ने छ । हामीले त्यतिबेला त्यो बस्तुगत वातावरणको उचित विश्लेषण गर्दै बिश्वलार्ई एक हुन अपिल गर्ने छौं । त्यो साम्यवाद हो । साम्यवादले मात्र सारा बिश्वलार्ई एक गर्न सक्छ । पृथ्वी बचाउने योजना कार्यन्वयन गर्न सक्छ ।
हो ! बिश्वका ९९% जनता पुग्नलाई लालार्ईीत बनेको साम्यवादमा हामीले पृथ्वीमा पुन कयौं बिरुवा रोप्ने छौं । युद्धको आवश्यकता नभएपछी अवश्य युद्धक्षेत्रमा भएका लगानिहरुको आबश्यकता पर्ने छैन । मानविय अहित र प्राणी बिरुद्ध प्रयोग गर्न बनाइएका हतियार नस्ट गर्ने छौं । सामन्तवाद र नीजी पुंजीवादले रचना गरेका मानव बस्न अयोग्य रहेका प्राकृतिक हिसाबले कस्टपुर्ण स्थानमा राष्टहरुमामा बसोबास गरिरहेकाहरुलार्ई सुन्दर स्थानहरुमा स्थानान्तरण गर्ने छौं ।
जीव जनवारको जीवनलार्ई स्वच्छन्द फक्रन फुल्न दिने छौं । हामी अर्कै सभ्यतामा प्रबेश गर्ने छौं जहाँ कुनै राज्य हुने छैन । कुनै कथित जात हुने छैन । कुनै पाखण्डि धर्म हुने छैन । धनी र गरिब भन्ने कुनै बर्ग हुने छैन । सबै स्वतन्त्र हुने छन , समान हुने छन , बिश्वमा शान्ती हुने छ । हाम्रा हिमालहरु खुलेर मुस्कुराउने छन । समुन्द्रहरु उल्लासले तरङ्गित हुने छन । प्रकृतिको काखमा हामी संधै जवान बनेर , स्वास्थ बनेर, श्रीजनशिल बनेर, सभ्य बनेर, शान्तिले निदाउने छौं । पृथ्वीलाई हामी फेरि हाम्रो पुरानो अर्गानिक जमानामा फर्काउने छौं ।
यति सुन्दर सभ्यता कसरी सम्भव होला त ? कुराले मात्र हुन्छ ! मित्रहरुले यस्ता पागल तर्क , उडन्ते कल्पना भन्दै मनमनै सतही टिप्पणी गरिसक्नु भयो होला । तर मित्रहरु के हामी संग यस्तो सभ्यता निर्माण गरेर यो पृथ्वीको रक्षा गर्नुको बिकल्प छ त ? हाम्रो सुदुर भविस्यलार्ई सुरक्षण प्रदान गर्ने हामी कुनै नवीन आविश्कार गरेर अर्को पुस्तालार्ई हस्तान्तरण गर्न सक्छौं ? कि उनिहरुले आंफै त्यस्तो आविश्कार गर्लान ? प्रश्न मेरा मित्रहरुलार्ई राख्दै यसको पनि जवाफ दिने कस्ट म आंफै उठाउछु ।
प्रथम सवालको संक्षिप्त जवाफ– पृथ्वीको रक्षा गर्नुको बिकल्प हामी संग छैन । र दोस्रो जवाफ– वर्तमानमा सर्वश्रेष्ठताको जामा लगाएको पुंजीवादले बिश्वका महान बैज्ञानिक हरुलार्ई दास बनाएको छ । बैज्ञानिकहरुले अनुसन्धान गरेका , उत्पादन र आविस्कार गरेका जुनकुनै बस्तु मानविय हितका लागि एकदमै कम मात्रमा प्रयोग भएका छन । अथवा तिनलार्ई नियन्त्रणमा लिएर तिनै आविष्कार र उत्पादनको माध्यममा आफ्नो राजनिती संचालन गरिरहेको छ, ब्यापार गरिरहेको छ । त्यसैको आडमा हामीलार्ई सर्वश्रेष्ठ प्राणिको उपहार समेत दिइरहेको छ ।
पहिलो कुरा बिज्ञानलाई पुंजिपतिहरुको नियन्त्रणबाट, अझ भनौं पुजिंपतिहरुको जेलबाट बाहिर ल्याउनु पर्दछ र त्यसलार्ई पृथ्वी र प्राणी हितमा लगाउनु पर्दछ । अन्यथा महान बैज्ञानिक अल्बर्ट आइन्सटाइनको त्यत्रो उर्जा परमाणु मानव हितको निम्ति होइन हिरोसिमा र नागासाकिमा झरिरहन्छ । दुनिंयालार्ई रुवाएर सिरियाहरुमा पड्किरहन्छ ।
त्यसकारण मित्रहरु, सर्वप्रथम विश्व पुंजीवादको अमानवियता, प्रकृति बिरुद्धता , प्राणी जगतकै चुनौतिको रुपमा रहेको भयानक स्वरुपलार्ई एउटा खराब ईतिहास बनाउन बैज्ञानिक समाजवादमा प्रबेश गर्नै पर्छ । र त्यंहाबाट हामी विश्व साम्यवादमा पुग्नै पर्छ । यसको अलवा अब हामी संग बांच्न सक्ने त्यस्तो कुनै उपाय छैन । यसलार्ई कुनै कल्पनाहरुको लेपन लगाएर, कुनै साधुसन्तले प्रबचन भनेर , कोहि योगि सन्यासिको साधरण कम्युनले , अथवा हाम्रो याचनाले , चाहानाले , कसैको आशीर्वादले , मन्दिरको आरधनाले यो हाम्रो भयंकर वर्तमान र महाबिस्फोटको नजिक रहेको हाम्रो भविस्यलार्ई सच्याउन सक्ने छैन ।
त्यसको निम्ति राजनितिक रुपले नेतृत्वमा रहेको विश्व पुंजीवादी शिविर बिरुद्ध हामीले संघर्ष गर्नै पर्छ । जसरी हामीले सामन्तवाद बिरुद्ध संघर्ष गर्यौं त्यसै गरि वर्तमान दलाल पुजिंवाद बिरुद्ध भौतिक संघर्ष गरेर मात्र त्यसको स्थानमा बैज्ञानिक समाजवाद स्थापना गर्न सकिन्छ । ’ म ’ लाई ’ हामी’ बनाउन सकिन्छ । यसको निम्ति बिश्वभरिनै प्रसस्तै सचेत पहलहरु भइरहेका छन । पुंजीवाद सबैभन्दा बडि समाजवाद साम्यवाद संग कांपिरहेको छ ।
त्यसैले त हरेक पुंजीवादका पुजारी अर्थशास्त्री , समाजसास्त्रीहरु मार्क्स , एंगेल्सको साहित्य ,दर्शन संग डराएका छन र हरेक बिश्लेसणमा मार्क्स एंगेल्स र १९ औं सताव्दिमा कंयौ रास्ट्रहरुमा स्थापना भएको बैज्ञानिक समाजवादी सत्ताको आलोचना गर्छन । उनिहरु संग यो एतिहांसिक भौतिकवादी विश्लेषण र आगामी भविस्यको बारेमा मार्क्स एंगेल्स ले गर्नु भएको स्पस्ट दिशा निर्देशलाई काट्ने कुनै तर्क छैन । त्यसैले अबको विश्व समाज कम्युनिस्ट समाज हो । कम्युनहरुले भरिएको पृथ्वी हो । यो कुनै कल्पना मात्र होइन बैज्ञानिक तथ्यहरुले भरिपुर्ण अकाट्य यथार्थ हो ।
हामी सत्यमा प्रबेश गरौं । बस्तुगत र यथार्थ कुराहरुको आत्मासात गरौं । हामीले आफुबाट सुरु गरौं । आफुलार्ई बुझौं , आफ्नो इतिंहासलार्ई बुझौं ४० लाख बर्ष पहीलेका हाम्रा पुर्खा पिरोलापिथेकस – मानवको पहीलो पाईला राख्ने अर्डीपिथेकस रेमीडस– २३ लाख बर्ष पहीले दीमाग बिकसीत भएपछीका होमो ह््याबीलीस– समुहमा सिकार गर्ने होमो ईरेक्टस– १ लाख बर्ष अगाडिका हामोसेपीयन्स– ३० हजार बर्ष अगाडि देखीको हाम्रो मानवीय सभ्यताको खोजी हुंदै अहीले आफु भएर उभींदा सम्मको अवस्थालाई हेरौं । खाली हजुरबुवा जीवा सम्म मात्र होइन ४० लाख बर्ष यताको हाम्रो जीवनको बिकास क्रम खोजौं ।
अझ त्यो भन्दा अगाडि सम्म पुगौं । यो प्रकृतिमा हामी सबै एक अर्कामा परनिर्भर, अन्तर्निभर छौं । अहिले सम्म हामीले यहाँ सम्म आइपुग्न जति संघर्ष गर्यौं , अवश्य हामी संगसंगै यहि पृथ्वीमा अन्य सबै प्राणिहरुपनि आफ्नो दौड लगाइरहेका छन । हाम्रो कारण अर्थात हाम्रो कथित सर्वश्रेष्ठताको कारण पृथ्वी बिशाक्त बनेको छ । सारा प्राणिहरुको जीवन हाम्रो कारण संकटमा छ । स्वयम् हामीपनि महा संकटमा छौं ।
यदि हामीले गम्भीर नबन्ने हो भने हाम्रो भविस्य अनिश्चयको कालो बादल तर्फ अगाडि बडिरहेको छ । हाम्रो दयित्व श्रीफ हाम्रो ब्यक्तिगत जीवन र कृतिम वैभवता प्राप्तिको लागि मात्र होइन । दोस्राहरुका लागि पनि हाम्रो दायित्व उत्तिकै छ । यो विषयलार्ई बुझौं ।
हामी ४० लाख बर्ष देखि यति लामो यात्रा पार गरेर यहाँ सम्म आएका छौं , अझै हामीले लामो यात्रा पार गर्नु छ । प्रकृति अवश्य धिमा गतिमा धैर्यता गरिरहेको छ । तर हामी संग धैर्यता गर्ने प्रयाप्त समय छैन । हामीले अवश्य चांडै गर्नु छ । दुनिंयालार्ई केही महत्वपूर्ण योगदान दिएर हाम्रो दायित्व पूरा गर्नु छ । त्यसैले, आउनुस मानव सर्वश्रेष्ठताको मुकुट उतारौं ।
०७७/०२/३०
संखुवासभा खांदवारी हिरासत