न्युयोर्कले हटायो क्वारेन्टीनको नियम लगाइएका राज्यको सुची, यस्तो छ नयाँ नियम


प्रकाशित मिति : कार्तिक १६, २०७७ आईतबार

४७ वटा राज्यमा कोरोनाको संक्रमणको दर उच्च भएपछि न्युयोर्कले विभिन्न राज्यबाट न्युयोर्क आउनेमाथि लगाएको १४ दिने क्वारेन्टीनको नियम हटाएको छ । न्युयोर्कले विभिन्न राज्यबाट न्युयोर्क आएपछि क्वारेन्टीनमा बस्नुपर्ने भन्दै त्यस्ता राज्यको सुची प्रकाशित गर्दै आएकोमा उक्त सुची पनि हटाएको छ ।

नयाँ नियम अनुशार कुनै पनि राज्यबाट न्युयोर्क आउनेहरुले आउनुअगाडि र आइसकेपछि कोरोना परीक्षण गराउनुपर्ने भएको छ । अब न्युयोर्क आउनुअगाडि कुनै पनि व्यक्तिले कोरोना परीक्षण गराएर तीनदिनभित्रको रिपोर्ट न्युयोर्क आइसकेपछि बुझाउनुपर्नेछ ।

कुनै पनि राज्यबाट न्युयोर्क आउनेहरुले अनलाइनमा ट्राभलर हेल्थ फर्म भने अनिवार्य भर्नुपर्छ । उक्त फर्म नभर्नेहरुलाई २ हजार डलर जरिवाना र अदालतमा सुनुवाईका लागि बोलाउन सकिनेछ । विमानबाट आउनेहरुमात्र नभई पानीजहाज, रेल वा कारबाट आउनेहरुले पनि यो फर्म भर्न अनिवार्य छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि न्युयोर्क आएपछि उनीहरु तीनदिनसम्म अनिवार्य क्वारेन्टीनमा बस्नुपर्नेछ । चौथो दिन न्युयोर्कमा कोरोना परीक्षण गराइसकेपछि कोरोना संक्रमण देखिएमा अनिवार्य १४ दिनसम्म क्वारेन्टीनमा बस्नुपर्नेछ । तर संक्रमण नदेखिएमा भने क्वारेन्टीनमा बस्न अनिवार्य छैन ।

न्युयोर्क आइसकेपछि जसजसले चौथोदिन कोरोना परीक्षण गराउँदैनन्, उनीहरु सबैजना १४ दिन अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने गभर्नर एन्ड्रयु कुमोले जनाएका छन् ।

२४ घण्टाभन्दा कम अवधि न्युयोर्कबाहिर जाने न्युयोर्कबासीहरुले पनि फर्केर आइसकेपछि आएको चौथो दिनमा अनिवार्य कोरोना परीक्षण गराउनुपर्नेछ । तर उनीहरु न्युयोर्कबाहिर जाँदा कोरोना परीक्षण गराउन आवश्यक छैन । साथै आइसकेपछि क्वारेन्टीनमा बस्नु पनि पर्दैन । उनीहरुले आइसकेपछि फर्म भने भर्नुपर्छ । तर न्युजर्सी, कनेक्टिकट र पेन्सिलभेनियाबाट फर्कनेहरुलाई यो नियम लागु हुनेछैन ।

अहिले न्युयोर्कमा सक्रमणदर जम्मा १ दशमलव ५ प्रतिशतको हाराहारीमा रहेको छ । जुन अमेरिकाभरकै राज्यहरुमा तेश्रो हो । न्युयोर्कले कोरोना संक्रमण कम गर्न जे गरिरहेको छ, त्यसका लागि गर्व गर्नुपर्ने र सचेतना कायम राख्नुपर्ने गभर्नर कुमोले बताए ।

अब राज्यहरुको सुची हटाइएपछि सबै राज्यका लागि एउटै नियम लागु हुनेछ । त्यस्तै न्युयोर्क आइसकेपछि अनलाइनमा ट्राभलर हेल्थ फर्म पनि भर्नुपर्नेछ ।

उक्त फर्म भर्न यहाँ क्लीक गर्नुहोला ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com