कोरोना संक्रमणको उपचारका लागि अमेरिकाको खाद्य तथा औषधी प्रशासनले रेम्डिसिभिर नामको औषधीलाई पूर्णरुपमा स्वीकृति प्रदान गरेको छ । अब यो औषधी कोभिड १९ को उपचारका लागि स्वीकृत पहिलो औषधी बनेको छ ।
भेक्लरी नामको ब्राण्डनाम अन्तरगत यो औषधी मे महिनादेखि आपतकालिन स्वीकृतिका रुपमा प्रयोग भइरहेको थियो । अहिले भने यो औषधीले पूर्णरुपमा स्वीकृति पाएको हो ।
यो एन्टीभाइरल औषधीले कोरोना संक्रमितहरुमा प्रभावकारी रुपमा काम गरिरहेको जनाइएको छ । अमेरिकामा अस्पतालमा भर्ना भएका १२ बर्ष वा त्यो भन्दा माथिका तथा ४० किलोभन्दा बढी तौल भएकाहरुको उपचारमा प्रयोग गरिदै आएको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
यो औषधी अस्पतालमा डाक्टरको निगरानीमा मात्र दिनुपर्ने कम्पनीले जनाएको छ । अमेरिकन अध्ययनले यो औषधीबाट कोरोना संक्रमितहरु छिटो निको भएको पुष्टी गरेको छ ।
यो औषधीको प्रयोगबाट बिरामीहरु ११ दिनमा नै निको भएको अध्ययनले देखाएको छ । आजको स्वीकृति विभिन्न खालका क्लीनिकल परीक्षण पछि दिइएको हो ।
अमेरिकाको खाद्य तथा औषधी प्रशासनले यो स्वीकृतिलाई महत्वपूर्ण बैज्ञानिक कोषेढुंगा बताएको छ ।
अहिलेसम्म कोरोनाबिरुद्धका भ्याक्सिन भने आइसकेको छैन । झण्डै १० प्रकारका भ्याक्सिनहरु अन्तिम चरणको क्लीनिकल परीक्षणका क्रममा रहेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।