अन्तिम चरणको परीक्षण अन्तरगत सबै सहभागीलाई मोडेर्ना भ्याक्सिन, डिसेम्बरसम्म उपलब्ध हुनसक्ने


प्रकाशित मिति : कार्तिक ६, २०७७ बिहीबार

कोरोनाबिरुद्धको भ्याक्सिन तेश्रो चरणको परीक्षण गरिरेको अमेरिकन कम्पनी मोडेर्नाले तेश्रो चरणको क्लीनिकल परीक्षण अन्तरगत सबै तीस हजारलाई भ्याक्सिनका डोज दिएको छ । मोडेर्नाले बिहिबार ३० हजारलाई भ्याक्सिन दिने काम पूरा भएको जानकारी दिएको हो । जसमध्ये एकतिहाई सहभागीहरु श्वेत बाहेक अन्य रहेका छन् ।

३० हजारमध्ये २५ हजार ६ सय ५० जनाले भ्याक्सिनको दोश्रो डोजसमेत प्राप्त गरिसकेका छन् । भ्याक्सिनको परीक्षणमा सहभागी ११ हजारभन्दा धेरै अल्पसंख्यक समुदायबाट रहेका छन् । ६ हजार हिस्पानिक र ल्याटिनो तथा ३ हजार भन्दा धेरै अश्वेत वा अफ्रिकनहरु समेत रहेका छन् ।

अब कम्पनीले जोखिम र फाइदाहरुबारे अध्ययन गरिसकेपछि भ्याक्सिनको आपतकालिन प्रयोगका लागि प्रकृया अगाडि बढाउनेछ । अमेरिकाको खाद्य तथा औषधी प्रशासनले भ्याक्सिनलाई अनुमति दिनका लागि भ्याक्सिन सुरक्षित रहेको कम्तीमा २ महिनाको तथ्यांक आवश्यक पर्ने जनाइएको छ ।

भ्याक्सिन सफल भएमा छिटोमा डिसेम्बरसम्म उपलब्ध हुनसक्ने मोडेर्नाले जनाएको छ । अहिले विश्वमा १० वटा कोरोनाबिरुद्धको भ्याक्सिनका तेश्रो चरणका क्लीनिकल परीक्षणहरु भइरहेका छन् ।

बेल्जियमको जोन्सन एण्ड जोन्सनको भ्याक्सिन दिइएका एकजना बिरामी भएपछि क्लीनिकल परीक्षणमा अवरोध आएको थियो । त्यस्तै बेलायतको आष्ट्राजेनेकाको भ्याक्सिन दिइएका एकजना बिरामी भएपछि क्लीनिकल परीक्षणमा अवरोध आयो भने उक्त भ्याक्सिन दिइएका अर्का एकजनाको मृत्यु भएको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com