सामान्य रुघाखोकी र कोरोना संक्रमणबीचका फरक : डा. सुदर्शन थापा


प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार

विश्वभर यति बेलाकोरोना संक्रमणको स्थितीभयावह छ । मौसम परिवर्तनको समय भएकाले यो समयमाप्रत्येक बर्ष रुघाखोकीको समस्या देखिने गर्छ । साथै चाडपर्व नजिकिदैँ गर्दा जीवन शैलीमास्वास्थ्य सुरक्षाका चुनौतीहरु थपिन सक्छन् ।

कोरोना संक्रमितहरु दिनप्रतिदिन ठूलो संख्यामाथपिदैगएको अवस्थामामौसम परिवर्तन सँगै रुघाखोकी लाग्दा पनि कोरोना संक्रमण भयो कि भनेर त्रसित हुनेको संख्या धेरै छ । रुघाखोकी र कोभिडको लक्षण प्राय मिल्दो जुल्दो भएकाले सामान्य रुघाखोकीकाकारण देखिने लक्षणहरुमा पनि मनोवैज्ञानिक रुपमा आतंकश्रृजना हुनसक्छ । मानिसहरु मनोवैज्ञानिक रुपमा कमजोर हुँदा रोगसँग लड्न सक्ने क्षमतागुमाउन सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

मौसम परिवर्तन तथा कोरोनाभाइरसको संक्रमण फैलिदैँ गएको अवस्थामा कस्तो जीवनशैली अपनाउने त? यसै सन्दर्भमा बुटवल कोरोनाविशेष अस्पतालका फोकल पर्सन तथा लुम्बिनी प्रादेशिक अस्पतालका डा. सुदर्शन थापासँगखसोखासकर्मी सुरज घिमिरेले गरेको कुराकानी ।

सामान्य रुघाखोकी र कोरोना संक्रमण कसरी छुट्याउन सकिन्छ ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लो समय मुलुकभर कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको बेला सर्वसाधारणलाई कोरोना संक्रमण र रुघाखोकी छुट्याउन अप्ठ्यारो परेको देखिएको छ । रुघा, खोकी र सामान्यज्वरो आउदैमा कोरोनाभाइरसको संक्रमण भन्ने सोच्नु हुँदैन । मौसम परिवर्तनको समय भएकोले सामान्य रुघाखोकी र सामान्य ज्वरो आउनु स्वभाविक नै हो ।

कोरोना संक्रमण हो किमौसमी फ्लुले भन्ने ज्वरो र खोकी कसरी आइरहेको छ भन्ने ख्यालगर्न सके सजिलै थाहापाउन सकिन्छ । मौसमी फ्लुमालाग्ने र कोरोनामालाग्ने खोकीमानिकै भिन्नता रहेको छ ।

मौषमी फ्लुकाकारण रुघाखोकीलागेमात्यति कडा हुँदैन । नाकबाटपानीबग्ने, सामान्यहल्काज्वरो आउने, हाँच्छ्यु आउने हुन्छ । त्यसैले यस्तो बेला धेरै आत्तिनुपर्दैन । मौसमी रुघाखोकीकाकारण नाक टालिने र सास फेर्न गाह्रो हुने हुन्छ । हुन त कोरोनामापनि सास फेर्न गाह्रो हुन्छ तर रूघामा जसरी नाक टालिदैन ।

त्यसैगरी सुख्खाखोकीलाग्नु, स्वाद र गन्धथाहानपाउनु, ज्वरो आउनु, घाँटी अलिकस्सिएको, भारी भएको, थकान महसुस हुने लक्षण कोरोनाभाइरसको शंकागर्न सकिन्छ । कोरोनाको खोकीएकदम सुख्खा हुन्छ । जतिखोक्दापनिकफआउँदैन । तर अरू मौसमी रुघाखोकीमामज्जाले खकार आउँछ ।

परीक्षण नगरी पनि कोरोना पत्ता लगाउन सकिन्छ ?

हामीले घरमा बसेर परीक्षण नै नगरी कोराना पत्ता लाग्ने भन्ने होइन, जानकारी राख्न सकिने कुरा मात्रै हो । लक्षणहरु मात्र हेरेर कोरोना छैन भन्न चाहिँ मिल्दैन । कोरोना संक्रमण हो, होइन भन्ने कुरा थाहा पाउन पीसीआर परीक्षण अनिवार्य हुन्छ । यद्यपी टाउको, जिउदुख्ने, खानाखान मन नलाग्ने जस्ता लक्षण पनि ख्याल गर्नुपर्ने हुन्छ । कोरोनाका कारण आएको ज्वरो दुई चार दिन रहन्छ । मौसमी फ्लु हो भने अझै लामो समयसम्म आइरहन सक्छ । कोरोनाको ज्वरो अलि कडा हुन्छ । त्यस्तो बेला मानिसले बढी जाडो महशुस गर्छन् । अर्थात कोरोना लागेको व्यक्तिलाई कम ज्वरो आउने हुन्छ ।

तर मौसमी फ्लुको ज्वरो त्यस्तो कडा हुँदैन । फ्लुका कारणले लामो समयसम्म ज्वरो आएपनि कडा ज्वरो भने आउँदैन । अर्थात शरीर काम्दैन । कोरोनाको लक्षण १४ दिन सम्ममा पनि देखिन सक्छ । तर फ्लुको लक्षण तीन दिनमा देखा पर्न थाल्छ । त्यसैले कहिलेदेखि लक्षण देखा पर्न थाल्यो भने स्वयंले विचार गर्नुपर्छ । यसरी कामज्वरो आयो र दुई–चार दिनसम्म मात्र रह्यो भने त्यो कोरोना हुन सक्छ । यस्तो बेला तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । कोरोनाभन्दा फ्लुमा बढी जिउ दुख्ने, थकान महशुस हुने र खान मन नलाग्ने गर्छ । साथै लक्षण पनि फ्लुमा छिटो देखिन्छ । कोरोनामा भने विस्तारै देखिन्छ ।

मौसम परिवर्तनसँगै मानिसमा रुघाखोकीका लक्षण देखिएका छन्, उनीलाई के सल्लाह दिनुहुन्छ ?

कोरोनाभाइरसको लक्षण पनि अन्य फ्लुसँग मिल्दोजुल्दो भएकोले मानिसहरूलाई शङ्कालाग्नु स्वभाविक हो । रुघाखोकी लाग्दैमा कोरोनाभाइरसको शंका गर्न हुँदैन ।

मौसम परिवर्तनसँगै रुघाखोकीको समस्या देखिनु स्वभाविक भएकोले त्यस्तो बेला घरेलु उपचार गर्न सल्लाह दिन्छु । तातो पानी अनिवार्य पिउनुहोला । रुघा लागेका  व्यक्तिको नजिकवा मुखामुख हुने गरी बस्नु हुँदैन । रुघा संक्रमित व्यक्तिले प्रयोग गर्ने सरसामान र लुगाको सकभर प्रयोग नगर्नुहोला । कोरोना र रुघाबाट जोगिन मास्कको अनिवार्य प्रयोग गर्नुहोला । साथै भिटामिन सीले शरीरको रोगसँग लड्ने शक्ति बढाउँने भएकोले अमला, कागतीजस्ता भिटामिन सी भएका र मौसमी फलफूलको प्रयोग गर्नु उचित हुन्छ ।

 

चाडवाड पनि नजिकिँदै छ, दैनिक जीवन र खानपानलाई कसरी ख्याल गर्न सकिन्छ ?

मौसम परिवर्तनसँगै हाम्रौ दैनिकक्रियाकलापहरुलाई पनि परिवर्तन गर्न आवश्यक छ । खानपान तथा दैनिक कामकाज गर्दा सबैले स्वास्थ्यको ख्याल राख्न जरुरी छ । शारीरिक सरसफाई तथा वातावरणीय सरसफाई अत्यावश्यक चीज हुन् । रुघाखोकी लाग्दैमा सुरुमा कोरोना नै सोच्नुपर्छ भन्ने जरुरी रहेन । मौसम परिवर्तन भइरहेको छ । मनमात्रास नलिऊँ । सावधानी अपनाइ राख्यौं, कसरी सर्छ भनेर जान्यौं भने बच्न सकिन्छ ।

नेपालीहरुको चाड दशै, तिहार, छठ लगायतका पर्वहरु दैलो अगाडि आइसकेको भएपनि विगतका वर्षमाजस्तो यो वर्षको माहोल छैन । सकेसम्म कोही पनि घर बाहिर ननिस्कौं, यदिनिस्कनै पर्ने भए अनिवार्य मास्क तथा सेनिटाइजर प्रयोग गर्ने गरौं ।

विशेष गरी यो वर्षको दशैं आफ्नो घर परिवार भित्रै ठूलो जमघट नगरी मनाउन सल्लाह दिन चाहान्छौं । नेपाल सरकारले भने अनुसार नै हामीजो जहाँ छौं सोही ठाउँमा बसेर पर्व मनाऔं । सबै भन्दा ठूलो हाम्रो जीवन हो, जीवन रह्यो भने हामीले जे पनि गर्न सक्छौं । त्यसैले यो वर्षको दशै अहिलेकै ठाउँमा बसेर मनायौं भने तथा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाऔं भने आगामी दिनहरु हाम्रै हुन् । सुरक्षित रहौं, सतर्कता अपनाऔं, आतंकित नबनौं ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com