फाइजरको कोरोनाबिरुद्धको भ्याक्सिनको आम प्रयोगका लागि चुनावपछि अनुमति मागिने


प्रकाशित मिति : आश्विन ३०, २०७७ शुक्रबार

फाइजरको कोरोनाबिरुद्धको भ्याक्सिनको आम प्रयोगका लागि चुनावपछि अनुमति मागिने उक्त कम्पनीका सीईओ अल्बर्ट बाउरियाले जनाएका छन् । उनले वेवसाइटमा प्रकाशित गरेको एउटा पत्रमा प्रभावकारिताका तथ्यांकहरु अक्टोबरको अन्त्यसम्ममा उपलब्ध हुनसक्ने अपेक्षा व्यक्त गरेका छन् ।

तथ्यांकहरु तयार हुनासाथ सुरुमा आपतकालिन प्रयोगका लागि अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएसमक्ष आवेदन दिइने छ । एफडीएले भ्याक्सिन सुरक्षित रहेको कम्तीमा दुईमहिनाको तथ्यांक प्राप्त गरेपछिमात्र आपतकालिन अनुमति दिने जनाएको छ । उक्त तथ्यांक अक्टोबरभित्रै आउने अपेक्षा गरिएको हो ।

अमेरिकन कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर कोरोनाबिरुद्धको भ्याक्सिन बनाएको छ । जसको अन्तिम चरणको क्लीनिकल परीक्षण भइरहेको छ । चुनावपछाडिमात्र आपतकालिन प्रयोगका लागि आवेदन दिने भएकाले अब चुनाव अगाडि भ्याक्सिन उपलब्ध हुने सम्भावना लगभग टरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव अगाडि नै भ्याक्सिन उपलब्ध हुने आशा व्यक्त गरेका थिए । तर फाइजरले नोभेम्बरको तेश्रोसातामात्र भ्याक्सिनको आम प्रयोगका लागि आवेदन दिनेछ । जसका कारण अमेरिकामा यसैबर्ष भ्याक्सिन उपलब्ध हुने सम्भावना बढेको छ ।

अमेरिकन कम्पनी मोडेर्नाको भ्याक्सिनको पनि तेश्रो चरणको क्लीनिकल परीक्षण चलिरहेको छ । अहिले विश्वमा १० वटा भ्याक्सिनहरु तेश्रो चरणको क्लीनिकल परीक्षणका क्रममा रहेका छन् । जसमध्ये बेलायतको आष्ट्राजेनेका र बेल्जियमको जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएका एकएकजना व्यक्ति बिरामी भएपछि भ्याक्सिन परीक्षणमा अवरोध आएको थियो ।

विश्वमा अहिले १७० वटाभन्दा धेरै कोरोनाबिरुद्धको भ्याक्सिनहरु पूर्व क्लीनिकल परीक्षणमा रहेका छन् । त्यस्तै १० वटा भ्याक्सिन पहिलो चरणको र १५ वटा भ्याक्सिन दोश्रो चरणको क्लीनिकल परीक्षणमा रहेका छन् ।

कोरोनाको भ्याक्सिन तीब्र गतिमा बनाउने प्रयास भइरहेको छ । जबकी पोलियोको भ्याक्सिन बन्न ७ बर्ष, दादुराको ९ बर्ष, ठेउलाको ३४ बर्ष लागेको थियो ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com