अन्ततः हावाको माध्यमबाट पनि कोरोना फैलिने निष्कर्षमा अमेरिकन सीडीसी


प्रकाशित मिति : आश्विन १९, २०७७ सोमबार

corona

अन्ततः अमेरिकन सीडीसी हावाको माध्यमबाट पनि कोरोना फैलिने निष्कर्षमा पुगेको छ । ६ फिट टाढाको दुरीमा रहेकाहरुपनि हावामा केहीमिनेटसम्म तैरिएका ड्रपलेटहरु हावाको माध्यमबाट यताउता फैलिंदा कोरोनाबाट संक्रमित हुनसक्ने सीडीसीले आधिकारिक रुपमै स्वीकार गरेको छ ।

गतमहिना अमेरिकन सीडीसीको वेवसाइटमा हावामा हुने कणहरुमा कोरोनाको भाइरस अड्केर बसेको खण्डमा सर्नसक्ने उल्लेख गरिएको ड्राफ्ट भर्सन नै प्रकाशित भएको थियो । पछि ड्राफ्ट भर्सन गल्तीले वेवसाइटमा प्रकाशित भएको भन्दै हटाइएको थियो ।

हावामा तैरिने साना ड्रपलेटहरु हावाकै माध्यमबाट केहीदुरीसम्म यात्रा गर्नसक्ने र मान्छेमा संक्रमण हुनसक्ने सीडीसीको नयाँ अपडेटमा उल्लेख छ । तर कोरोना संक्रमण हुने मुख्य माध्यम नै यो भने नभएको सीडीसीले स्पष्ट पारेको छ । यद्यपी ६ फिट भन्दा पर रहेको व्यक्तिबाट पनि कोरोना संक्रमण भएका प्रमाणहरु भेटिएको भने सीडीसीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि कुनै व्यक्तिले जोडजोडले स्वास फेरेको खण्डमा, गाइरहेको खण्डमा वा व्यायाम गरिरहेको अवस्थामा ड्रपलेटहरु परपरसम्म फैलिनसक्ने जनाइएको छ । ६ फिट पर बसेर, नाकमुख छोप्नेगरी मास्क लगाएर र बारम्बार हात धोएर आफूलाई कोरोना संक्रमण हुनबाट बचाउन सकिने सीडीसीले जनाएको छ ।

घरभित्रका ठाउँहरुमा बाहिरको हावा ठीक तरिकाले आदान प्रदान भइरहेको सुनिश्चित गर्न तथा घरभित्र भींडभाड नगर्न समेत सुझाव दिइएको छ ।

सीडीसीले हावाको माध्यमबाट कोरोना सर्ने कुरा सम्भव भएको बताउन चाहेपनि त्यही नै कोरोना सर्ने प्राथमिक माध्यम भने नभएको जनाएको छ । केही महिनादेखि कैयन वैज्ञानिकहरुले हावामा तैरिने कणहरुमा कोरोना भाइरस बस्न सक्ने र त्यसबाट सर्नसक्ने कुरा स्वीकार गर्न जनस्वास्थ्य एजेन्सीहरुलाई सुझाव दिदै आएका छन् ।

यदि कोही कोरोना संक्रमित व्यक्तिले हावामा खोकेको खण्डमा कोरोना भाइरस केही मिनेटदेखि घण्टासम्म त्यहाँ तैरिनसक्ने र अर्को व्यक्ति त्यही स्थानबाट गुज्रदा उक्त व्यक्तिमा संक्रमण हुनसक्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com