नेपालमा हालसम्म कै धेरै २७२२ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु


प्रकाशित मिति : आश्विन १६, २०७७ शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ७ सय २२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८१ हजार ४५० पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ६० हजार ६९६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

उपत्यकामा थपिए १ हजार ६ सय ३८ संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका १२८० , ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनामा कोरोना संक्रमण देखिएको हो । बिहिबार मात्र उपत्यकामा ९४३ कोरोना संक्रमित थपिएका थिए ।

थप ११ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको जानकारी दिए । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com