पोर्चुगलमा सोमबार मृत्यु हुनेको संख्या र नयाँ संक्रमितको संख्यामा गिरावट


प्रकाशित मिति : आश्विन १२, २०७७ सोमबार

सोमबार पोर्चुगलमा कोरोना भाइरसका नयाँ बिरामी र मृत्युको दरमा गिरावट आएको छ ।

सो दिन यहाँ ४२५ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ४ जना संक्रमितको मृत्यु भएको छ । यो संख्या अघिल्लो दिनको भन्दा झण्डै आधाले कम हो । जहाँ अघिल्लो दिन पोर्चुगलमा नौ जनाको मृत्यु भएको थियो भने ६ सय ६५ जनामा संक्रमण देखिएको थियो ।

अहिलेसम्म पोर्चुगलमा ७४ हजार २९ जनामा कोरोनाको संक्रमण देखिएको छ । यि मध्ये ४७ हजार ८ सय ८४ जनाले कोरोनालाई जितेका छन् भने एक हजार ९ सय ५७ जनाको मृत्यु भएको राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयले जनाएको छ । उसका अनुसार अहिले ९८ संक्रमित गम्भिर प्रकृतिका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com