बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो


प्रकाशित मिति : आश्विन १२, २०७७ सोमबार

नेपाली लिङ्क

बेलायतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४२ हजार नाघेको छ । गएको २४ घन्टामा थप १३ जना कोरोना संक्रमितको ज्यान गएसंगै मृतक संख्या ४२ हजार एक पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ४ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये इंग्ल्याण्डमा ३ हजार ३ सय १६, स्कटल्याण्डमा २ सय २२, वेल्स्मा २ सय ८६ र नर्दर्न आयरल्याण्डमा २ सय २० छन् ।

पछिल्ला केहि दिनको तुलनामा आज संक्रमित संख्या केही कमी आएको हो । गएको साता बेलायतमा कोरोना संक्रमणको दर विगत ५ महिना यताकै उच्च रह्यो । शुक्रबार ६ हजार ८ सय ७४ जना नयाँ संक्रमित थपिएका थिए ।

यसैगरी मृतक संख्या पनि सिंगल डिजिटबाट बढेर दैनिक ४० जनासम्म कायम रह्यो, जुन ५ महिना पछिकै धेरै हो ।

पछिल्लो २४ घन्टामा २ लाख २६ हजार ९ सय जनाको पीसीआर परीक्षण गरिएको थियो । बेलायतमा कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार १३ जना पुगेको हेल्थ एण्ड सोसल केयरले जनाएको छ ।

कोरोना संक्रमणका कारण अहिले १ हजार ७ सय २७ जना हस्पिटलमा उपचाररत छन् भने २ सय ६२ जना भेन्टिलेटर बेडमा राखिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com