नेपालमा थप १५७३ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु


प्रकाशित मिति : आश्विन ११, २०७७ आईतबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५७३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५७३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५३ हजार ८९८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८८५ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७३.४ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १९ हजार १९ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ८ हजार ३२१ जना रहेका छन् । होम आइसोलेशनमा रहनेको संख्या १० हजार ६९८ छ । अहिले क्वारेन्टाइनमा ६ हजार २८१ रहेका छन् । आज १० हजार १२३ जनाको पिसिआर परिक्षण गरिएको छ ।

उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार मात्र उपत्यकामा ७२४ कोरोना संक्रमित थपिएका थिए ।

थप १० जनाको मृत्यु

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७७ पुगेको छ ।

देशभर कहाँ कति थपिए कोरोना संक्रमित ? (विवरण)

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com