अमेरिकामा राष्ट्रपति चुनाव आउन ४३ दिन बाँकी, न्युयोर्कबासीले जान्नुपर्ने ३ डेडलाइन
प्रकाशित मिति : आश्विन ५, २०७७ सोमबार

अमेरिकामा राष्ट्रपतिको चुनाव आउन अब ४३ दिनमात्र बाँकी छ । तर त्यसका लागि न्युयोर्कबासी मतदाताहरुले ख्याल गर्नु केही डेडलाइनहरु रहेका छन् । त्यो डेडलाइन पालना नगरेको खण्डमा न्युयोर्कबासीहरु राष्ट्रपति चुन्ने प्रकृयामा सहभागी हुनबाट वञ्चित हुनसक्नेछन् ।
मतदाता नामावलीमा आफ्नो नाम भए नभएको चेक गर्न यहाँ क्लीक गर्नुहोला ।
यदि तपाईले अहिलेसम्म मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउनुभएको छैन भने यो बर्ष मतदान गर्नका लागि दर्ता गराउने अन्तिम म्याद अक्टोबर ९ सम्ममात्र हो । अक्टोबर ९ सम्म अनलाइनमार्फत मतदाता नामावलीमा आफ्नो नाम समावेश गर्न सकिन्छ ।
मतदाता नामावलीमा आफ्नो नाम सुचीकृत गर्न यहाँ क्लीक गर्नुहोला ।
अक्टोबर ९ को पोष्टमार्कसहित हुलाकमार्फत पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सकिन्छ । व्यक्तिगत रुपमा मतदाता नामावलीमा नाम दर्ता गराउने म्याद पनि अक्टोबर ९ नै हो ।
मतपत्र प्राप्त गर्नका लागि आवेदन फर्म भर्न यहाँ क्लीक गर्नुहोला ।तपाईले आफ्नो राज्य छनौट गरेपछि सबै प्रकृया हेर्न सक्नुहुनेछ ।
त्यस्तै हुलाकमार्फत मतदान गर्नका लागि अनुरोध गर्ने डेडलाइन अक्टोबर २७ हो । यो मितिसम्म तपाईले अनलाइन वा फ्याक्समार्फत अनुरोध गर्न सक्नुहुन्छ वा हुलाकबाट अनुरोध गर्दा यो मितिमा पोष्टमार्क गरेको हुनुपर्छ । तर चुनावको मितिभन्दा १५ दिन अगाडि नगरिएका अनुरोधमा समयमै मतपत्र पठाउने ग्यारेन्टी हुँदैन ।
त्यस्तै अर्लि मतदान गर्ने मिति न्युयोर्कमा अक्टोबर २४ देखि नोभेम्बर १ सम्म हो । यदि तपाई नोभेम्बर ३ मा मतदान गर्नजान सम्भव नभएको खण्डमा तपाईले यो अवधिमा तोकिएको स्थानमा गएर मतदान गर्न सक्नुहुनेछ ।
आफ्नो मतदानस्थल कुन हो भन्नेबारे अन्यौलमा हुनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।