KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

बुढेसकालमा स्मरण शक्ति कमजोर हुनु सामान्य हो? बच्ने र बल्झन नदिने उपायहरु

प्रकाशित मिति : आश्विन ५, २०७७ सोमबार

सामान्यता ६०/६५ वर्ष नाघेपछि स्मरण शक्ति कम्जोर हुने तथा व्यवहारमा परिवर्तन हुने समस्यालाई नेपाली समाजले सामान्य रुपमा नै लिने गरेको पाइन्छ । स्मृति क्षय, व्यक्तिको व्यवहार तथा व्यक्तित्वमा परिवर्तन गर्ने, बिर्सने, अरुलाई विश्वास गर्न नसक्ने, शङ्का गर्ने, हिँडडुल गर्न नसक्ने लगायतका लक्षण एक रोग हो भन्ने कुरा धेरैलाई जानकारी नभएको विज्ञहरु बताउछन् । यसै विषयमा रहेर मनौवैज्ञानिक डा. विक्रम काफ्लेसँग सुरज घिमिरेले गरेको कुराकानी ।

अल्जाइमर्स भनेको के हो ? हो रोगको पहिचान कसरी गर्न सकिएला ?

स्मृति क्षय हुने रोगलाई अल्जाइमर्स भनिन्छ । अल्जाइमर्स रोगले व्यक्तिको व्यवहार तथा व्यक्तित्वमा परिवर्तन गर्ने, बिर्सने, अरुलाई विश्वास गर्न नसक्ने, शङ्का गर्ने, हिँडडुल गर्न नसक्ने बनाउँछ । यो रोग मस्तिष्कका विकृतिहरू समूहगत रोग हो । जसले सोच, स्मृति, निर्णय क्षमता तथा व्यक्तित्वलाई दुष्प्रभावित गर्छ । यो रोग बिस्तारै बढ्दै जाने भएकाले पहिले यसको निदान हुँदैन ।

र सुरुको अवस्थामा अधिकांश बिरामीले उपचारको आवश्यकता महसुस गर्दैनन् । मानिसको आयु वृद्धिसँगै यो रोग धेरै व्यापक हुँदै गएको छ । सन् २०५० सम्ममा विश्वका १ प्रतिशत भन्दा वढी मानिसलाई यो रोगले गाँज्ने अनुमान गरिएको छ । पुरुषको तुलनामा महिलामा अल्जाइमर्स रोग अत्यधिक रुपमा बढ्ने गर्छ ।

सामान्यतया आम सर्वसाधारणले अल्जाइमर्सलाई रोगका रुपमा लिएको पाइदैन । यस सम्बन्धि बुझ्नै पर्ने कुराहरु के–के हुन् ?

सामान्यतया ६५ वर्षको उमेरपछि यो रोग लाग्छ । र ६५ वर्षपछि प्रत्येक पाँच वर्षमा यसको प्रभाव दुई गुणा बढ्दै जान्छ । बढी संवेदनशील स्वभाव र आयु लामो हुने भएकाले महिलामा बढी यो रोग देखिने गरेको पाइन्छ ।

वंशाणुगत र टाउकोमा बढी चोटपटक लागेका व्यक्तिमा यो रोगको सम्भावना बढी हुने गरेको पाइन्छ । उच्च रक्तचाप र उच्च कोलेस्ट्रोल, डिप्रेसन र मानसिक बिरामी, डाउन सिन्ड्रोम, सुस्त मनस्थिति र अधिक मोटोपना भएका व्यक्तिहरु प्राय यो रोगको सिकार हुने गरेको पाइन्छ ।

यो रोग चरणमा देखा पर्ने गर्दछन् ? सामान्य व्यक्तिले पहिचान गर्न सकिन्छ ?

साधारणतया अल्जाइमर्स रोग व्यक्तिमा लाग्न थालेको कुराहरुलाई हामीले खासै वास्ता गरेको पाइँदैन । यो रोग सम्बन्धि जानकारी राख्ने हो भने व्यक्तिको व्यवहार तथा दैनिकी अवलोकन गरेर यो रोगको लागे नलागेका लक्षणहरु पत्ता लगाउनु सकिन्छ ।

जस्तै सुरुको अवस्थामा तत्कालीन घटना एवम् कुराकानी बिर्सनु, हिँडाइ असामान्य देखिनु, डिप्रेसन र सामान हराउनु, एकाग्रतामा कमी हुनुलगायतका लक्षणहरु देखिन्छन् भने मध्यम अवस्थामा आफ्नो पहिचान बिर्सनु, मतिभ्रष्ट, वादविवाद, कुटपिट र हिंस्रक हुनु, राम्रो, नराम्रो र खतरापूर्ण वस्तु पहिचान गर्न नसक्नु, समाजबाट एक्लिनु जस्ता लक्षणहरु हुने गर्दछन् ।

यसैगरी सम्वेदना हराउने र वजन घट्ने, आफन्त, साथी र परिवाका सदस्यहरु नचिन्ने, खानेकुरा चपाउन र निल्न नसक्ने, चेतना हराउने यी समस्याहरु अन्तीम तथा गम्भीर अवस्थाका लक्षणहरु हुन् ।

यो रोगबाट कसरी बच्न सकिन्छ ? उपचारको व्यवस्था के–कस्तो छ ?

अल्जाइमर्सको पुरा उपचार भने छैन । यो रोग सम्बन्धी जति पनि औषधी उपचारहरुको व्यवस्था भएको छ त्यसले अल्जाइमर्सको एक अवस्थाबाट अर्को अवस्थामा बल्झिन नदिने मात्र हो । अल्जाइमर्स भइसकेका बिरामीमा यसले जति क्षति गरेको छ त्यो पुर्णरुपमा ठिक हुने औषधि उपचार आजसम्म बनेको छैन ।

अल्जाइमर्स सुरुवाती चरणमा छ भने मल्टि भिटामिन, एन्टि अक्सिडेन्ट, माछाको तेलको मद्धतबाट दिमागको कोशिकाहरुलाई सन्तुलनमा राखी उपचार विधि सुरु गरी रोग बल्झिनबाट रोक्न सकिन्छ । बाँकी उपचार विधि भनेको ध्यान, दिमागको थेरापी, र अन्य औषधि उपचारनै हुन् ।

नेपाली समाजमा अल्जाइमर्स रोगका बारेमा अधिकांशलाई जानकारी नै छैन । यसका बारेमा सचेतनाका लागि सरकारी तथा गैर सरकारी क्षेत्रबाट के कस्तो पहलहरु हुने गरेका छन् ?

जति अन्य रोग तथा महामारीका बारेमा सरकार तथा गैरसरकारी संस्थाहरुले प्रचारप्रसार तथा सचेतनाका कार्यक्रमहरु ल्याउने गरेका छन् त्यसको तुलनामा यो रोगका लागि भनेर छुट्टै कार्यक्रमहरु खासै देखिँदैन । यो रोगबाट नेपालमा वर्षेनि हजारौंका संख्यामा पिडित हुने गरेका तथ्याङ्कहरु पनि छन् । तर, यो रोगलाई हामीले रोगका रुपमा नै पहिचान गर्न नसक्नु कम्जोरी हो ।

सर्वसाधारणहरुले यसलाई रोग नभई बुढेसकालको मानवीय विशेषताको रुपमा लिएर सामान्यकरण गर्दा ठूलो समस्या आउने गरेको पाइन्छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नै यो रोगका बारेमा जानकारी मनाउन दिवस समेत मनाउने गरे पनि प्रयाप्त प्रचार–प्रसार हुन भने सकेको छैन । यसैगरी सञ्चार क्षेत्र, पत्रपत्रिकालगायतका सार्वजनिक क्षेत्रहरुमा यो रोग बारे जानकारी गराउन आवश्यक छ ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral
Magazine Layout: Deel Gurung

Contact Us

© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com