विचार: दुई ठाउँबाट हारेका बामदेवको रास प्रवेश


प्रकाशित मिति : भाद्र ३०, २०७७ मंगलबार

– किशोर नेपाल

देशमा बीपी जयन्ती मनाइयो । जयन्ती मनाउने चलन राम्रो हो । केही मिनटका लागि भएपनि लक्षमा एकाग्र हुन्छ मान्छे । अनि, बीपीको ब्यक्तित्व अदभूत नै थियो । जन्मेको १०७ बर्ष भै सक्यो । उनको आकर्षण किन्चित कम भएको छैन ।

राजनीति होस वा साहित्य, जीवन मूल्यका कुरा हुन वा दर्शन शास्त्रका । समाजवाद होस वा पूँजीवाद । उनी आफनो चिन्तन प्रक्रियामा कहिल्यै ओरालो लागेनन । विवादले उनलाई पछ्याउन पनि कहिल्यै छाडेन । साहित्यमा बादशाह पनि बिबस्त्र हुन्छ, तर, राजनीतिको सानो मानिसलाई पनि पोशाक चाहिन्छ भन्थे उनी । आज पनि उनको चर्चा उत्तिकै छ ।

मानिसहरु बीपीका बारेमा जिज्ञासु छन । अक्सर बीपीका बिचारहरुमाथि राजनीतिज्ञ र बिव्दानहरुको बिश्लेषण सुन्न रुचाउँछन मानिसहरु । उनका बिचारका केही रोचक पक्ष यो स्तम्भमा प्रस्तुतगर्ने बिचार छ मेरो । अहिलेलाई बीपीप्रति श्रध्दा सुमन !

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बामदेवको राष्ट्रिय सभा प्रवेशको तारतम्य नेपाली राजनीतिको पछिल्लो फण्डा हो । अन्ततः प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको मंत्रिपरिषदले नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनीतगर्न सिफारिश गरेरै छाड्यो ।लोकलाजको मतलब राखेन ।

नेकपाका नेता, कार्यकर्ता र बौध्दिक जमातका मानिसहरु भन्दै थिए, दुइ ठाउँबाट हारेका बामदेवलाई राष्ट्रिय सभा सदस्यमा मनोनीतगर्नु उचित हुँदैन । आखिर, राष्ट्रिय सभा हारेका नेताहरुलाई थन्क्याउने डम्पिङ साइट पनि त होइन । धन्न, नेकपाका स्वनामधन्य नेता माधवकुमार नेपालले नेताहरुका लागि राष्ट्रिय सभामा जान बन्देज नभएको बताइ हाले ।

संविधान सभाको पहिलो निर्वाचनमा काठमाडौ र रौतहटबाट पराजित भएका माधवजीलाई तत्कालीन माओवादीका अध्यक्ष तथा हाल नेकपाका “कार्यकारी” अध्यक्ष प्रचण्डजीले हात समातेर भित्र्याएका थिए । त्यसपछि त, माधवजीको भाग्य यसरी खुल्यो कि उनी देशको प्रधानमन्त्री नै भए – त्यो पनि तत्कालीन राजनीतिका सर्बशक्तिमान पात्र गिरिजाप्रसाद कोइरालाको आशिर्वाद पाएर ।

स्वर्गीय कोइरालाले माधवजीको चोट लागेको मनको उपचारमात्रै गरेनन, आफनी सुपुत्री सुजाताको राजनीतिक तालीम समेत उनैको हातबाट होस भन्ने इच्छा ब्यक्तगरे । सुजाता कोइराला माधव नेपालको उप–प्रधान र परराष्ट्रमन्त्री भइन । इतिहासको त्यो घटनाले गिरिजाप्रसादसंगै माधवजी र सुजातालाई एउटै लहरमा आसीन गरायो ।

राजनीतिका यी सन्दर्भलाई हेरेका र देखेका बामदेव गौतमले प्रधानमन्त्री ओलीसंग आफनो प्रधानमन्त्री हुने चाहना प्रकट गरेका हुन । प्रम ओलीले केही समय त उनलाई अन्ठ्याएरै राखेका हुन कहिले काठमाडौ र कहिले डोल्पाको सीट खाली गराएर उपचुनाव लडाउँछु भनेर । तर, बामदेवका लागि कुनै सीट खाली भएन ।

केही दिन अघिसम्म पनि प्रम ओलीले उनलाई डोल्पाबाट चुनाव लडाउने कुरागर्न छाडेका थिएनन । तर, गौतमले त्यो भुलभुलैयाको धापबाट आफूलाई मुक्त गराइ सकेका छन ।

अर्को समस्या पनि देखिने सम्भावना छ : मन्त्री परिषदले सिफारिश गरेपनि राष्ट्रपतिले त्यो सिफारिश मान्नैपर्छ भन्ने केही छैन । मन्त्री परिषदको निर्णयमा राष्ट्रपतिले हस्तक्षेप गरि नै हालिन भनेपनि कार्यकारी राष्ट्रपतिको नेतृत्वको पक्षमा रहेको नेकपाले यसमा भन्ने कुरा केही भएन । राष्ट्रपतिले त्यस्तो कुनै हरकत नगरुन जसले बामदेवको मनमा चसक्क घोचोस ।

प्रधानमन्त्री हुने आकांक्षामा तुषारो परेपछि बामदेवजीले प्रम ओलीसंग भनेका छन – राम्रो मन्त्रालयको मन्त्री बनाउनु भयो भने गुन मानुला । तपाईको नाम चम्काउन ठूलो मेहनत गरौला । होइन भने, राष्ट्रिय सभाको सदस्यका रुपमा खुपुखुपु भात खाएर बसौंला । नेता बामदेव गौतम कामगर्न निकै ताकतिलो मानिस हो । उहिले राप्रपा नेता तथा प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको उप–प्रधान तथा गृहमन्त्री हुँदा गौतमको नाम सुनसंग जोडिएको थियो ।

उताबाट यता सुन पार गराउने ब्यापारमा उनको भूमिकाको “तारीफ” तत्कालीन एमालेका जब्बर नेता प्रदीप नेपालले खुलामन्चकै आमसभाबाट गरेका थिए । एमालेको बल्खु कार्यालय भवनको निर्माण पनि त्यही समयमा भएको थियो । गृहमन्त्री गौतमको त्यो योगदानको सम्झना सबैलाइ होला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com