आगामी साता ९ सय डलर पठाउनका लागि आजदेखि न्युयोर्कबासीलाई इमेल, यस्तो छ चाल्नुपर्ने कदम


प्रकाशित मिति : भाद्र २६, २०७७ शुक्रबार

कोरोना महामारीका कारण काम गुमाएका न्युयोर्कबासीहरुलाई बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता रकमका अतिरिक्त साप्ताहिक ३ सयका दरले तीनसाताको ९ सय डलर पठाउन न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले आजदेखि इमेल पठाउन सुरु गरेको छ । उक्त रकम आगामी साता पठाइने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुशार अगस्त १ को सातादेखि नै यो रकम प्राप्त गर्ने जनाइएको छ ।

यो रकम पाउनका लागि योग्य झण्डै २० लाखले आजदेखि इमेल प्राप्त गर्न सुरु गरेका छन् । इमेलमा उनीहरु रकम प्राप्त गर्नका लागि योग्य भएको जनाइएको छ । उनीहरुले यो रकम प्राप्त गर्नका लागि कुनै कदम चाल्नुनपर्ने र आगामी सातादेखि खातामा रकम पठाइने भएको छ । पहिले नै योग्य भइसकेकाहरुलाई डिपार्टमेन्ट अफ लेवरले इमेलका अतिरिक्त टेक्स्ट मेसेज पनि पठाउन सुरु गरेको छ ।

त्यस्तै झण्डै ४ लाख ३५ हजारले भने उक्त रकम प्राप्त गर्नका लागि अतिरिक्त प्रमाणिकरण गर्नुपर्ने भएको छ । उनीहरुलाई पनि डिपार्टमेन्ट अफ लेवरले सेप्टेम्बर ११ मा डकुसाइनमार्फत इमेल पठाउन सुरु गरेको छ । उनीहरुले सेप्टेम्बर १५ को बेलुका ५ बजेसम्म प्रमाणिकरण गरेको खण्डमा आगामी साता तीनसाताको ९ सय डलर रकम प्राप्त गर्नेछन् । उनीहरुले फोनबाट प्रमाणिकरण गर्नेहरुले ८३३ ४९१ ०६३२ मा फोन गरेर प्रमाणिकरण गर्नसक्नेछन् ।

झण्डै २४ लाख न्युयोर्कबासीहरु अतिरिक्त साप्ताहिक ३ सय डलरका लागि योग्य रहेको जनाइएको छ । उनीहरुलाई अहिले तीनसाताको ९ सय डलर एकमुष्ठ पठाइनेछ । महामारीको समयमा न्युयोर्क राज्यले झण्डै ३५ लाखलाई झण्डै ४४ बिलियन डलर प्रदान गरिसकेको छ ।

अहिलेसम्म संघीय आपतकालिन व्यवस्थापन एजेन्सीले न्युयोर्कबासीहरुका लागि तीनसाताका लागि साप्ताहिक ३ सयका दरले रकम निकाशा गरिसकेको छ । अगस्त २, अगस्त ९ र अगस्त १६ को साताका लागि रकम निकाशा भइसकेको न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ लेबरले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com