अहिलेसम्म अमेरिकाका १८ राज्यमा कोरोनाबाट मृत्यु हुने बालबालिकाको संख्या शुन्य


प्रकाशित मिति : भाद्र २५, २०७७ बिहीबार

महामारी सुरु भएयता अमेरिकामा कोरोना संक्रमित बालबालिका ५ लाख बढी भएको नयाँ तथ्यांकले देखाएको छ । अमेरिकन एकेडेमी अफ पेडियाट्रिकका अनुशार अमेरिकामा कुल संक्रमितहरुमध्ये ९ दशमलव ८ प्रतिशत बालबालिकाहरु रहेका छन् ।

हालसम्म अमेरिकामा ६५ लाख बढीमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । अगस्त २० देखि सेप्टेम्बर ३ सम्मको दुईसातामा कोरोना संक्रमण हुने बालबालिकाहरुको संख्या १६ प्रतिशतले बढेको जनाइएको छ । नयाँ संक्रमित बालबालिकाहरु झण्डै ७० हजार रहेका छन् ।

सेप्टेम्बर ३ सम्मको तथ्यांक अनुशार अमेरिकाभर कोरोना संक्रमण पुष्टी हुने बालबालिकाहरु ५ लाख १३ हजार ४ सय १५ रहेका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुने बालबालिकाहरुको संख्या भने अमेरिकामा १०३ रहेको छ । ४२ वटा राज्य र न्युयोर्क सिटीको तथ्यांक विश्लेषण गर्दा कुल मृत्युभएकामध्ये बालबालिकाहरु शुन्य दशमलव ३ प्रतिशत रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्य १८ वटा राज्यहरुमा भने कोरोना संक्रमणबाट मृत्यु हुने बालबालिकाहरुको संख्या शुन्य रहेको छ । कोरोना संक्रमणबाट बालबालिकाहरु सिकिस्तै हुने दर निकै कम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २ लाखको नजिक रहेको छ । अमेरिकापछि संक्रमित संख्या सबैभन्दा धेरै हुनेमा भारत दोश्रो छ । भारतमा कोरोना संक्रमणबाट ७५ हजार बढीको मृत्यु भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com