‘स्वास्थ्य र समुदायका लागि खेल खेलौं’ नाराका साथ न्यूयोर्कमा भलिबल प्रतियोगिता


प्रकाशित मिति : भाद्र २०, २०७७ शनिबार

रिजउड नेपाली समाजको आयोजनामा यही सेप्टेम्बर १९ र २० तारिख न्यूयोर्कमा मैत्रिपूर्ण भलिबल प्रतियोगिता हुने भएको छ । भलिबल प्रतियोगिता क्वीन्स ब्रिज पार्कमा हुने जानकारी दिइएको छ ।

रिजउड भलिबल प्रतियोगिताका लागि हाल सम्म १५ टिमले सहभागिताका लागि आवेदन दिएको प्रतियोगिता संयोजक बिकास जिसीले जानकारी दिएका छन् । संयोजक जिसीका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ सय अमेरिकी डलर प्राप्त गर्नेछ भने दोश्रो र तेश्रो हुनेले क्रमश नगद २ हजार र ५ सय प्राप्त गर्नेछन् ।

आयोजकले स्वास्थ्य र समुदायका लागि खेल खेलौं भन्ने नाराका साथ हुन लागेको प्रतियोगितामा सहभागि हुन सबैमा आग्रह समेत गरेका छन् । आयोजकले खेलमा सहभागि हुनका लागि सेप्टेम्बर १५ तारिख सम्म सम्पर्क गर्न आग्रह गरेका छन् ।

समाज सदस्य नविनकुमार अधिकारीका अनुसार प्रतियोगतामा सहभागि हुनका लागि ३ सय ५० डलर शुल्क लाग्नेछ । अधिकारीले अन्य आवश्यक जानकारीका लागि संयोजक जिसीका साथै दुर्गेश बोगटी र भुवनेश्वर अधिकारीलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।

रिजउड समाजका सदस्य अधिकारीका अनुसार बिभिन्न समाजहरुका बीचमा भाईचारा सम्बन्ध कायम राख्नका लागि प्रतियोगिता सहयोगी हुने अपेक्षा गरेका छन् । उनले बिभिन्न संघ सस्था र संचारमाध्यमलाई आवश्यक सहयोग गर्न आग्रह समेत गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com