एनआरएन र विदेशी विद्यार्थीलाई नेपाल आउन दिने सरकारको निर्णय


प्रकाशित मिति : भाद्र १५, २०७७ सोमबार

सरकारले सम्बन्धित देशमा रहेका नेपाली कूटनीतिक नियोगको सिफारिसमा गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाल आउन दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गम्भीर प्रकृतिका बिरामी परी उपचार गर्नुपर्ने तथा एकाघरको आफन्तको निधन भएको अवस्थामा एनआरएनहरूलाई र नेपालमा परीक्षा दिन आउनुपर्ने विदेशी विद्यार्थीलाई पनि सम्बन्धित शिक्षण संस्थाको सिफारिसमा नेपाल आउन दिन निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

यस्तै, बैठकले पर्यटन मन्त्रालयको जिम्मेवारीमा उडान संख्या, यात्रुको व्यवस्थापन, क्वारेन्टाइन र आइसोलेशनको उपलब्धताको आधारमा दैनिक ८०० जना नबढ्ने गरी चार्टर र नियमित उडानको माध्यमबाट अन्तर्राष्ट्रिय उडान गर्न दिने निर्णय गरेको छ ।

हेर्नुहोस् मन्त्रिपरिषदको निर्णयहरु

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com