यी पाँच गल्ती गरेमा ग्रिनकार्डवाहकले ग्रिनकार्ड गुमाएर देशनिकाला सामना गर्नुपर्ने


प्रकाशित मिति : भाद्र ६, २०७७ शनिबार

अमेरिकी ग्रिनकार्ड प्राप्त गरिसकेपछि विभिन्न सुविधाहरुमात्र प्राप्त हुँदैन, अमेरिकी नागरिकताको लागि पनि बाटो खुल्छ । तर ग्रिनकार्डवाहकले गल्ती गर्दा ग्रिनकार्ड गुम्नेमात्र नभई देशनिकालाको सामना गर्नुपर्ने खतरा समेत हुनसक्छ ।

युएएससीआईएसका अनुशार ती गल्तीहरु आशययुक्त होउन् वा दुर्घटनावश गरिएका होउन्, ग्रिनकार्ड समेत गुमाउनुपर्ने अवस्थाको सृजना हुनसक्छ । त्यसैले यस्ता गल्ती हुन नदिन ग्रिनकार्ड वाहकले सावधानी अपनाउनुपर्छ ।

१, यदि ग्रिनकार्डवाहक व्यक्ति अर्को देशमा स्थायी रुपमा बसोबास गर्ने उद्देश्यका साथ गएको खण्डमा ग्रिनकार्ड गुम्न सक्छ । उदाहरणका लागि कुनै अमेरिकी ग्रिनकार्डवाहक व्यक्ति क्यानडा गएर पीआरका लागि आवेदन दिएको खण्डमा अमेरिकी ग्रिनकार्ड गुमाउनुपर्ने अवस्था आउनसक्छ ।

२, त्यस्तै पुन प्रवेशका लागि ट्राभल डकुमेन्ट नबनाईकनै एकबर्षभन्दा लामो समय लगातार अमेरिकाबाहिर बसेको खण्डमा ग्रिनकार्ड स्वत रद्द हुनसक्छ । एकबर्षभन्दा लामोसमय लगातार अमेरिकाबाहिर बस्दा व्यक्ति स्थायी रुपमा अमेरिकाबाहिर बसाई सराई गरेको बुझाई हुने भएकाले ग्रिनकार्ड स्वत रद्द हुनसक्छ । त्यसैर्ले एकबर्षभन्दा लामो समय अमेरिकाबाहिर बस्ने योजना छ भने तपाईले फर्कनका लागि पुन प्रवेशका लागि अमेरिका छाड्नु अगाडि नै आवेदन दिनुपर्छ ।

३, आईआरएससमक्ष आफ्नो आम्दानी घोषणा गरेर ट्याक्स फाइल नगरेको खण्डमा समेत ग्रिनकार्ड गुम्नसक्छ । ट्याक्स नतिरेका कारण सामना गर्नुपर्ने कानुनी झन्झटले ग्रिनकार्ड खोस्नेदेखि देशनिकाला हुनेसम्मको पनि अवस्था आउनसक्छ ।

त्यस्तै ग्रिनकार्डवाहकले अमेरिकामा ट्याक्स फाइल गर्दा गैरआप्रवासी स्टाटस जनाउनुहुँदैन । यसो हुँदा पनि समस्या हुनसक्छ ।

४, यदि ग्रिनकार्डवाहक १८ देखि २५ बर्ष उमेरभित्रको छ भने र उसले सैन्य सेलेक्टिभ सर्भिसमा आफूलाई दर्ता गराएको छैन भने पनि ग्रिनकार्ड गुम्नसक्ने खतरा हुन्छ ।

५, कुनै अपराध पुष्टी भएपछि अध्यागमन न्यायाधिसले देशनिकालाको आदेश जारी गरेको खण्डमा अमेरिकी ग्रिनकार्ड खारेज हुने प्रावधान रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com