नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु


प्रकाशित मिति : भाद्र ६, २०७७ शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १८ हजार ३५० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३६ जना उपचारपछि डिस्चार्ज भएका छन् । ५९ प्रतिशत संक्रमित निको भएका छन् ।

मुलुकभर १२ हजार ६२१ सक्रिय सङ्क्रमित छन् । आज नेपालमा १२ हजार ५१९ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा ११ हजार ६५८ रहेका छन् । होम आइशोलेशनमा ३ हजार ९१६ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा २१६ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १६० जना, ललितपुरका ६ जना र भक्तपुरका ५० जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्र काठमाडौँ उपत्यकामा १८२ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।

कोरोनाबाट ६ वर्षिया बालिकासहित ९ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । आज मृत्युपुष्टि हुनेमा सुनसरीकी ६ वर्षिया बालिकासहित ६७ वर्षिय पुरुष, पर्सामा ६१, ५८ र ४८ वर्षिय पुरुष, बारामा एक ५८ वर्षिय पुरुष, सिरहामा एक ६८ वर्षिय पुरुष, मकवानपुरका एक ५६ वर्षिय पुरुष र भक्तपुरका ७३ वर्षिय पुरुष रहेका छन् । यो मृत्यु हुनेको दर ०.५ प्रतिशत हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४६ पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com