नेपालमा थप ५९४ जनामा कोरोना संक्रमण, २४० संक्रमित डिस्चार्ज


प्रकाशित मिति : श्रावण ३०, २०७७ शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका ३९ प्रयोगशालामा गरी ११ हजार ५ सय ७५ जनामा गरिएको पिसिआर परीक्षण मध्ये ५९४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।  योसँगै नेपालमा संक्रमितको कूल संख्या २४ हजार ५५१ पुगेको छ ।

जसमध्ये ७ हजार ९१३ जना देशभर गरी कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । देशभर त्यस्तै पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट थप २४०जना कोरोनामुक्तभई डिस्चार्ज भएका छन् । कोरोना भाइरसबाट मुक्त हुनेको संख्या १७ हजार ७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल १४ हजार ६३८ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । जसमा ७७ जना पुरुष र २२ जना महिला रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com