क्वारेन्टीनको नियम नमान्नेले कनेक्टिकटमा पाए ३ हजार डलर जरिवानासहितको टिकट


प्रकाशित मिति : श्रावण २९, २०७७ बिहीबार

झण्डै ३ दर्जन राज्यहरुबाट कनेक्टिकट आउनेहरुले आफ्नो विवरणसहित फर्म भर्नुपर्ने र १४ दिन अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने भएपनि उक्त नियम नमान्ने दुईजनालाई तीनहजार डलर जरिवानासहितको टिकट जारी गरिएको छ । उनीहरुले लुजियाना र फ्लोरिडाबाट आएपछि आफ्नो विवरणसहितको फर्म भरेर अधिकारीहरुलाई बुझाएका थिएनन् ।

तीमध्ये एकजनाले १४ दिन सेल्फ क्वारेन्टीनमा बस्न समेत अस्वीकार गरेका थिए । सेल्फ क्वारेन्टीनमा बस्न अस्वीकार गर्नेबारे कसैले रिपोर्ट गरिदिएपछि उनका नाममा फर्म नभरेको र सेल्फ क्वारेन्टीनमा नबसेको गरी एकएकहजारका दुईवटा जरिवाना जारी गरिएको छ ।

गभर्नर नेड लामोन्टले आफूलाई यसरी जरिवाना जारी गर्न मन नभएपनि हामी यो नियमका बारेमा गम्भिर रहेका छौं । त्यसैले नियमको गम्भिरता बुझाउन पनि उल्लंघन गर्नेहरुलाई यसरी जरिवाना गर्नुपरेको छ ।

बुधबारसम्म ३४ राज्य र भूभागबाट न्युयोर्क, न्युजर्सी र कनेक्टिकटमा आउनेहरुले आफ्नो विवरणसहित फर्म भरेर बुझाउनुपर्छ भने सेल्फ क्वारेन्टीनमा बस्नुपर्छ । तीनवटा राज्यले फरकफरक जरिवाना रकमको नियम लागु गरेका छन् । न्युयोर्कमा जरिवाना रकम २ हजार डलर रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कनेक्टिकटमा जरिवाना गरिएकाहरु हाटफोर्ड र वीन्डम काउन्टीमा बस्दै आएका थिए । उनीहरु कोरोना संक्रमित भए नभएकोबारे भने अहिलेसम्म केही पनि स्पष्ट छैन ।

यदि कुनै व्यक्तिले क्वारेन्टीनको नियम वा ट्राभल एड्भाईजरीको उल्लंघन गरेको पाउनुभएमा न्युयोर्कमा तपाईले तुरुन्तै ८३३ ७८९ ०४७० मा फोन गर्न सक्नुहुनेछ । तपाईले आफ्नो परिचय नखुलाइकन पनि यसको रिपोर्ट गर्न सक्नुहुनेछ ।

त्यस्तै तपाईले यो लिंकमा क्लिक गरेर पनि नियम उल्लंघन गर्नेहरुका बिरुद्ध जानकारी दिनसक्नुहुनेछ ।

क्वारेन्टीनको नियममात्र नभई कोरोनाको महामारीसम्बन्धि अरु नियम नमान्नेहरुका सन्दर्भमा पनि यो लिंक मार्फत रिपोर्ट गर्न सकिनेछ ।

कुनै बेला कोरोना महामारीको इपीसेन्टर रहेको न्युयोर्कमा अहिले परीक्षण गरिएकाहरुमध्ये एकप्रतिशतको हाराहारीमामात्र कोरोना संक्रमण देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com