काठमाडौं उपत्यकामा थपिए १२७ कोरोना संक्रमित


प्रकाशित मिति : श्रावण २९, २०७७ बिहीबार

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १११ जना, ललितपुरका ११ जना र भक्तपुरका ५ मा कोरोना संक्रमण देखिएको हो ।

बुधबार मात्र काठमाडौँ उपत्यकामा १३८ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।नेपालमा पछिल्लो २४ घण्टामा ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com