शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत ६ जनामा कोरोना पुष्टि


प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार

राजधानीको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कार्यरत कर्मचारीमा कोरोना देखिएपछि आकस्मिक सेवा बन्द गरिएको अस्पतालको प्रशासनले जनाएको छ ।

संक्रमण अरुमा थप नफैलियोस् भनेर आकस्मिक सेवा बन्द गरेको हो । आकस्मिकबाहेकका सेवा भने खुल्ला रहेको छ । संक्रमितको सम्पर्कमा आएका मानिसहरुको कोरोना परिक्षण गर्ने तयारी भैरहेको अस्पतालले जनाएको छ । संक्रमितलाई आईसोलेसन कक्षमा राखिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com