नक्कली सुन प्रकरण: इल्ताफ हुसेन अन्सारी पक्राउ


प्रकाशित मिति : श्रावण २९, २०७७ बिहीबार

राजधानीको सुन्धारामा नक्कली सुन र पेस्तोल फालेर भागेका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । अन्सारीलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बाराको जिनगढबाट पक्राउ गरेको हो ।

नक्कली सुन प्रकरणमा प्रयोग भएको बा ६ च ५५११ नम्बरको स्कोर्पियो गाडी अन्सारीको हो । गत साउन १३ मा सुन्धारामा स्कोर्पियोबाट सुन र पेस्तोलको झोला छाडेर भागेपछि अन्सरीलााई प्रहरीले खोजिरहेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com