सुरक्षा गार्डलाई कोरोनापछि सर्वोच्चका न्यायाधीश आइसोलेसनमा, टिचिङको आकस्मिक कक्ष सिल


प्रकाशित मिति : श्रावण २८, २०७७ बुधबार

सुरक्षा गार्डलाई कोरोना पोजेटिभ देखिएपछि सर्वोच्च अदालतका दुई न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाल सेल्फ आइसोलेसनमा बसेका छन्। उनीहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत् यसको जानकारी गराएका हुन्।

साउन २२ गते बिहीबारसम्म खतिवडाको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीलाई बुधबार कोरोना देखिएपछि उनीहरू आफ्नै घरमा आइसोलेसनमा बसेका हुन्।

‘साउन २२ गते बिहीबारसम्म मेरो सुरक्षाका लागि खटिएका एक जना सुरक्षाकर्मीमा कोभिड– १९ पोजेटिभ देखियो। नमूना २६ गते दिएको र नतिजा आज करिब १: ३० बजे थाहा भयो। त्यसैले शंकाको अवस्था पैदा भएको छ। मैले आफूमा संक्रमणको लक्षण वा असहजता अहिलेसम्म महशुस गरेको छैन। आशा छ मलाई संक्रमण भएको छैन होला। तथापि सतर्कता र सावधानी अपनाउन आवश्यक ठानेर अहिले म आफ्नै निवासमा सामाजिक दुरी कायम राखेर बसेको छु,’ न्यायाधीश खतिवडाले फेसबुकमा लेखेका छन्।

यसैबीच टिचिङ अस्पताल महाराजगन्जको आकस्मिक कक्षमा कार्यरत २ जना चिकित्कलाई कोरोना भाइरस संक्रमण देखिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२ चिकित्सक र ४ जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि बुधबार आकस्मिक कक्ष सिल गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

६ जनामा संक्रमण पुष्टि भएपछि अस्पतालका अन्य डाक्टर तथा नर्सहरूको पीसीआर परीक्षण शुरू गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रोहितकुमार पोखरेलले जानकारी दिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com