भोलिदेखि भदौ ५ सम्म बुटवल बन्द


प्रकाशित मिति : श्रावण २८, २०७७ बुधबार

समुदायस्तरमा कोरोना फैलिदै गएपछि बुटवल उपमहानगरपालिकाले बुटवल बन्द गर्ने निर्णय गरेको छ । प्रदेश ५ आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको विशेष उपस्थितीमा बुधबार उपमहानगरको कोभिड- १९ संकट व्यवस्थापन समितिको बैठकले भोलि विहिबार राती ११:४५ देखि आगामी भाद्र ५ गते राती ११:४५ सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउन अवधिमा अत्यावश्यकीय सेवाका स्वास्थ्य क्षेत्र, खाद्यान्न, दुग्ध तथा तरकारी सञ्चालनमा आउन दिइने भएको छ । बुटवल हुँदै चल्ने लामो दुरीका सवारीका साधानलाई बुटवलमा यात्रु ओराल्न नपाउने गरी सञ्चालन गर्न दिइने, सामान ढुवानीका साधनहरुलाई विशेष सुरक्षा अपनाएर लोड अनलोड गर्न दिइने, उद्योगमा कार्यरत कर्मचारी तथा कामदारहरुलाई बाहिर निस्कन नपाउने गरी स्वास्थ्य सुरक्षा अपनाई उद्योग सञ्चालन गर्न दिइने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com