नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ४८१ जनामा गरिएको पिसिआर परिक्षण मध्ये ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै संक्रमितको कूल संख्या संख्या संख्या २३ हजार ४३२ पुगेको छ । भने ७ हजार ६ सय १३ जना संक्रिय कोरोना संक्रमित उपचाररत अवस्थामा रहेका छन् । देशभर त्यस्तै पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट थप ६४ जना कोरोनामुक्तभई डिस्चार्ज भएका छन् ।कोरोना भाइरसबाट मुक्त हुनेको संख्या १६ हजार ७२८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भने १४ हजार ८ सय ४६ क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाबाट ९१ जनाको मृत्यु भएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।