कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बानियाँ मृत फेला


प्रकाशित मिति : श्रावण २८, २०७७ बुधबार

कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । महानगरीय अपराध महाशाखाका अनुसार दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका बानियाँको मकवानपुरको भिमफेदि गाउँपालिका स्थित सिस्नेरीको माण्डु हाइड्रोपावरमा शव फेला परेको हो । हाल बानियाँको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको छ।

तनहुँ घर भएका पत्रकार बानियाँ पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार देखापरेको प्रहरीले जानकारी दिएको छ । बल्खुमा उनको जुत्ता फेला परेको थियो । प्रहरी स्रोतकाअनुसार बानियाँ बल्खु खोलामा लडेको र खोलाले बगाएर मकवानपुर पु-याएको खुलेको छ । यद्यपी महाशाखाले अनुसन्धान गरिरहेको बताइएकाे छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com