अख्तियार प्रमुख घिमिरेलाई कोरोना संक्रमण


प्रकाशित मिति : श्रावण २७, २०७७ मंगलबार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना संक्रमण भएको छ ।

सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको सामूहिक परीक्षणका क्रममा घिमिरेमा कोरोना संक्रमण देखिएको हो । स्रोतका अनुसार उनी होम आइसोलेसनमा बसेका छन् ।

अन्यको रिपोर्ट भने आउन बाँकी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com