काठमाडौं उपत्यकामा थपिए १३५ कोरोना संक्रमित


प्रकाशित मिति : श्रावण २७, २०७७ मंगलबार

काठमाडौं उपत्यकामा थप १३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ११० जना, ललितपुरका १७ जना र भक्तपुरका ८ मा कोरोना संक्रमण देखिएको हो ।

साेमबारमात्र काठमाडौँ उपत्यकामा ४३ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन । नेपालमा पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com