जारको पानीको मूल्य बृद्धि, खारेज गर्न माग


प्रकाशित मिति : श्रावण २७, २०७७ मंगलबार

जारमा व्यापारीले निर्धारण गरेको मूल्यभन्दा ४० प्रतिशत मूल्य वृद्धि गरी पिउने पानीको मूल्य निर्धारण भएको जनाउँदै तत्काल वढेको मूल्य खारेज गर्न उपभोक्ताले सरकारसँग माग गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय माताहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीसँगको मिलेमतोमा आम उपभोक्तालाई मारमा पर्ने गरीे जारको पानी मूल्य निर्धारण गरेको बताइएको छ ।

विभागले आगामी भदौ १० गतेदेखि लागू हुने गरी जारको पानीको मूल्य रु ५० र बोतल पानीको अधिकत मूल्य १६ रुपैयाँ निर्धारण गरेकोे छ । पानीको खुद्रा व्यापार गर्दै आएका सूर्यविनायकका सन्तोष श्रेष्ठले पानीमा दोब्बर मूल्य वृद्धि हुँदा आम उपभोक्ता मारमा परेको बताए । एक जार पानीको रु २० र ढुवानी रु १० गरी रु ३० पर्ने पानी उपभोक्तालाई रु ४० मा बिक्री गर्दै आएकोमा अहिले खुद्रा मूल्य नै रु ५० निर्धारण गरेपछि उपभोक्ता मारमा परेको उनले बताए ।

उनले भने, “पानीको गुणस्तर निर्धारण र कायम गराउन नसक्ने विभागले पानीको मूल्य बढायो । एक साता अघि मात्रै थिमि चारदोबाटो र झौखेलमा गरी चारवटामा फोहोर पानी बिक्री गरेको पाएपनि कारबाही गरेन र व्यापारीको चङ्गुलमा परेर विभागले पानीको मूल्य बढायो ।” विभागले व्यापारीको स्वार्थअनुसार मिलेमतोमा पानीको मूल्य बढाएको आरोप उपभोक्ताको छ । सरकारी निकायले नै मूल्य बढाएपछि रु ३५ देखि ४० सम्ममा बिक्री गर्दै आएको एक जार पानी अब ५० रुपैयाँमा बिक्री गर्ने बाटो खुलेको छ ।

उद्योगीको स्वार्थमा सरकारले पानीको मूल्य बढाएर उपभोक्तामाथि आर्थिक भार थपेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधब तिमल्सिनाले बताए । पानीको गुणस्तरमा ध्यान दिनुपर्नेमा मिलेमतोमा मूल्य बढाएको उनको आरोप लगाए । पानीको मूल्य बढाउन नेपाल बोटलर्स वाटर एसोसिएसनमा वकालत गर्दै आएको थियो । पानी व्यवसायीले आफैँले गाडी खरिद गरी ढुवानी संघ नै गठन गरी पानी र ढ्वानीको फरक मूल्य निर्धारण गरी पानी बिक्री गर्दा पनि उपभोक्ताले प्रति जार रु ४० भन्दाबढी तिर्नु पर्दैनथ्यो तर अब उपभोक्ताले रु ५० तिर्नु पर्ने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले पानीको मूल्य वृद्धि हुँदा स्वभाविकरुपमा उपभोक्ता मारमा पर्ने बताए । उपभोक्ताबाट यसको विरोध आउनु स्वभाविक भएको जनाउँदै सरकारले पानीको गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने सुझाव दिए । अधिकांश पानी उत्पादन गर्ने कम्पनीका पानी गुणस्तरहिन रहेको दाबी गर्दै उहाँले जारको पानी सफा र स्वस्थ्यक प्रद्र्धक छ भनेर ढुक्कसँग पिउने अवस्था नरहेको बताए । केहीदिन अघिको अनुगमनमा थिमिको एक पानी उत्पादन गर्ने ठाउँ शौचालयजस्तो फोहोर रहेको र धेरै पानी उत्पादन गर्ने ठाउनै गुणस्तरहिन रहेको उनको भनाइ छ । मध्यपुरथिमि शङ्खधर चोकका पानी व्यापारीले पानी लिन आउने उपभोक्ताले विहानैदेखि पानीको मूल्य वृद्धि गरेको भन्दै बिरोध र गुनासो गरेको जनाएका छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com