गोंगबु हत्याकाण्ड : अभियुक्त महिला सार्वजनिक


प्रकाशित मिति : श्रावण २७, २०७७ मंगलबार

काठमाण्डौंको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभित्स हत्याकाण्डका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । रोल्पाका कृष्ण बहादुर बोहराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी (पौडेल) लाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । हत्यापछि चितवन पुगेकी कल्पना कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्पनाले केही चलचित्रमा अभिनय गरेकी छन् ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत उनकी छोरीलाई पनि पक्राउ गरेको छ । उनकी छोरी हत्यापछि शव व्यवस्थापनमा संलग्न रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार मृतक बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पना बीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो । हत्यापछि उनी एम्बुलेन्समार्फत् चितवन पुगेकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com