महामारीमा अमेरिकी नागरिकता परित्याग गर्नेको सुची प्रकाशित, नागरिकता त्याग्नेमा यी नेपाली समेत


प्रकाशित मिति : श्रावण २५, २०७७ आईतबार

अमेरिकी सरकारले अमेरिकाको नागरिकता परित्याग गर्नेको पछिल्लो सुची प्रकाशित गरेको छ । बिहिबार प्रकाशित नयाँ सुचीमा कोरोना महामारीका बेलामा अप्रिल १ देखि जुन ३० सम्म अमेरिकी नागरिकता त्याग्ने वा गुमाउनेहरुको नाम र थर समेत उल्लेख गरिएको छ । जसमा नेपालीको नाम समेत उल्लेख रहेको छ ।

पछिल्लो सुची यहाँ हेर्न सक्नुहुनेछ ।

अमेरिकाले हरेक तीनतीन महिनामा अमेरिकी नागरिकता त्याग्नेहरुको नाम र थर समेत उल्लेख गरेर सुची समेत प्रकाशित गर्दै आएको छ । जनवरीसम्म जुनसम्म अमेरिकी नागरिकता परित्याग गर्ने वा गुमाउनेहरुमा ५८१६ जना रहेका छन् ।

अमेरिकी नागरिकताको सपथग्रहण समारोह

जनवरीदेखि मार्चसम्मको सुची यहाँ उपलब्ध छ ।

सन् २०१९ मा नागरिकता परित्याग गर्नेहरुको सुचीमा नेपाली नाम बिरलै देखिन्छ । तर नेपालका संचारकर्मी रवि लामिछानेको नाम सन् २०१८ को जुलाईदेखि सेप्टेम्बरसम्म अमेरिकी नागरिकता परित्याग गर्नेको सुचीमा सुचिकृत गरिएको छ ।

उक्त सुची हेर्न यहाँ क्लिक गर्नसक्नुहुनेछ ।

अमेरिकी नागरिकता परित्याग गर्ने नेपालीहरुको संख्या अत्यन्तै कम रहेको छ । सुचीमा नेपालीहरुको नाम अत्यन्तै कम देखिएको छ भने कतिले अमेरिकी नागरिकता परित्याग गरेर नेपाली नागरिकता लिए भन्ने स्पष्ट विवरण अमेरिकी सरकारले उल्लेख गरेको छैन ।

हेर्नुहोस् नामथरसहितको सम्पूर्ण सुची ।

अमेरिकी नागरिकता त्याग्नेको संख्या अहिलेसम्मकै उच्च, ६ महिनामा त्याग्ने ५८ सय बढी

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com