काठमाडौं उपत्यकामा थपिए ९२ कोरोना संक्रमित


प्रकाशित मिति : श्रावण २५, २०७७ आईतबार

काठमाडौं उपत्यकामा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ९० जना र ललितपुरका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

शनिबार मात्र काठमाडौँ उपत्यकामा ६२ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन । नेपालमा पछिल्लो २४ घण्टामा ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com