२४ कार्तिक २०८३, मंगलबार| Tuesday, November 10, 2026
कोभिड १९ अपडेट

नेपालमा थप ३८० जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १६ हजार ३५३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४० जना उपचारपछि डिस्चार्ज भएका छन् । मुलुकभर ६ हजार ५४४ सक्रिय सङ्क्रमित छन् ।