भदौ १ देखि घरबास सञ्चालनमा आउने


प्रकाशित मिति : श्रावण २५, २०७७ आईतबार

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा रहेका घरबास आगाममी भदौ १ गतेदेखि मात्रै खुल्ने भएका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को त्रासका कारण बन्द गरिएका यहाँका घरबास आवश्यक सावधानीसहित भदौदेखि मात्रै खुल्ने भएका हुन् ।

करीब चार महिनाको बन्दाबन्दीपछि यही साउन १५ गतेदेखि होटल खुला भइसकेका अवस्थामा जिल्लामा सञ्चालित घरबाससमेत खोल्ने तयारी गरिएको होमस्टे एसोसिएसन नेपालका केन्द्रीय महासचिव एवम् अमलटारी मध्यवर्ती सामुदायिक ग्रामीण होमस्टेका अध्यक्ष प्रेमशङ्कर मर्दनियाले बताए । लामो समयदेखि ठप्प पर्यटकीय गतिविधिलाई घरबास सञ्चालनमा ल्याएपछि पुनः चलायमान बनाउन मद्दत गर्ने मर्दनियाको भनाइ छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकादेखि विनयी त्रिवेणी गाउँपालिकासम्म नारायणी नदी किनारमा मात्रै ११ सामुदायिक घरबास दर्ता भएर सञ्चालनमा छन् । घरबास स्वरोजगार हुने माध्यम भएकाले थप परिमार्जन गर्दै सञ्चालन गर्न तयारी भइरहेको होमस्टे एसोसिएसन नवलपुरका अध्यक्ष रिमबहादुर आलेले बताए । साउन १५ पछि केही घरबास खुला गरिए पनि पर्यटकको चहलपहल नहुँदा बाँकी सबै भदौ १ देखि मात्रै खोल्ने तयारी गरिएको आलेको भनाइ छ ।

देवचुली नगरपालिका–१७ को पिप्रहर सामुदायिक होमस्टे ग्रामका अध्यक्ष जनकबहादुर महतोले अझै पनि समुदायमा कोरोनाको त्रास कायमै रहेकाले घरबास खोले पनि पर्यटक नआउने हुन् कि भन्ने चिन्ता लागेको बताए । यनका घरबासमा आउने अधिकांश पर्यटक सामुदायिक वनमा हात्ती सफारी, जीप सफारी तथा पदयात्राका लागि आउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सञ्चालित यहाँका घरबासमा आउने पर्यटकले विश्वकै दुर्लभ एकसिङ्गे गैँडा सजिलै अवलोकन गर्न पाउने अमलटारी होमस्टेका अध्यक्ष मर्दनियाले बताए । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com