कोरोनाबाट थप तीन जनाको मृत्यु , सङ्क्रमणबाट मृत्यु हुने ७३


प्रकाशित मिति : श्रावण २४, २०७७ शनिबार

कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाको टोखा, बिराटनगर र बिरगंजमा एक एक गरी तीन जनाको मृत्यु भएको जनाएको छ । यसअघि शुक्रबार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित पाँचजनाको मृत्युको पुष्टि भएको थियो।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङ्को क्रममा तीनैजनाको शुक्रबार नै निधन भएको जनाएको छ । टोखा–६ घर भएकी ४१ वर्षीय महिलाको पाटन अस्पतालमा शुक्रबार निधन भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित उहाँ सघन उपचार कक्षमा राखेर उपचाररत रहँदा शुक्रबार बिहान निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

त्यसैगरी, बिरगञ्ज महानगरपालिका–३ छपकैया बस्ने ७४ वर्षीय पुरुषको उपचारको क्रममा निधन भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मधुमेह र दम रोगबाट पीडित उहाँको श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । शुक्रबार अपरान्ह उहाँको निधन भएको हो ।

मन्त्रालयले शुक्रबार नै बिराटनगरको कोशी अस्पतालमा उपचाररत एकजना ५८ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जनाएको छ । उच्च रक्तचाप र निमोनिया भएर सप्तकोशी अस्पतालमा भर्ना भएका पुरुषलाई श्वास लिन कठीनाइ भएपछि कोशी अस्पताल, बिराटनगरमा थप उपचारका लागि पठाइएकोमा शुक्रबार उपचारकै क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com