नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुग्यो


प्रकाशित मिति : श्रावण २३, २०७७ शुक्रबार

नेपालमा हालसम्म ७० जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

दिउँसो सवा ४ बजे मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा ७० जना संक्रमितको मृत्यु भएको जानकारी दिनुभयो ।

नेपालमा हालसम्म २२ हजार २१४ जना संक्रमित भएको र हालसम्म १५ हजार ८१४ जना निको भएर घर फर्किएको समेत प्रवक्ता डा गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा नेपालमा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

हाल ६ हजार ३ सय ३० जना संक्रमितको नेपालमा उपचार भइरहेको छ। हाल १० हजार २ सय ७ जना क्वारेन्टाइनमा छन्। शुक्रबार ७ हजार ९ सय २६ जनाको पिसिआर परीक्षण भएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हालसम्म नेपालमा ७० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ। पछिल्लो पटक संक्रमित बढ्दै गएपछि सरकारले २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला र काठमाडौं उपत्यकाका तीनै जिल्लामा जोरबिजोर प्रणाली लागू गरेको छ।

शुक्रबार ४२५ जना उपचारपछि निकाे भइ डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म १५ हजार ८ सय १४ जना उपचारपछि निको भएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com