पछिल्लो २४ घण्टामा ४६४ जना नयाँ सङ्क्रमित थपिए , कुल सङ्क्रमित २२ हजार नाघ्याे
प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार
नेपालमा कोरोना भाइरसका ४६४ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २२ हजार २१४ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे दैनिक प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार ९२६ जनाको स्वाब परीक्षण गरिएको छ । हाल दश हजार २०७ जना क्वारेन्टिनमा छन् ।
नेपालमा अहिले सक्रिय सङ्क्रमित सङ्ख्या छ हजार ३३० रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा जना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै हालसम्म १५ हजार जना सङ्क्रमित कोरोनामुक्त भइसकेका छन् ।
काठमाडौं उपत्यकामा चौबीस घण्टामा एकसय छजना सङ्क्रमित भएका छन् ।
