नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु


प्रकाशित मिति : श्रावण २३, २०७७ शुक्रबार

नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका ७९ र ५७ वर्षीय दुई पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ। उनीहरु दुबैमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको भएको हो ।

५७ वर्षीय व्यवसायीको कोभिड अस्पताल गण्डकमा उपचारको क्रम मृत्यु भएको र ७९ वर्षीय वृद्धको भने घरमै मृत्यु भएको वीरगञ्जस्थित अस्थायी कोभिड विशेष अस्पतालका इन्चार्ज डा। निरजकुमार सिंहले जानकारी दिनुभयो ।

अस्पतालका अनुसार मृतक दुवै मुटु र स्वासप्रस्वाव रोगबाट पीडित थिए। बिहीबार मृत्यु भएका दुईसहित कोरोना संक्रमणको कारण ज्यान गुमाउने चार जनाको शवको गए राति अन्त्यष्ठि गरिएको छ । यसैबीच पाटन अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको छ । उनको बिहीबार साँझ मृत्यु भएको पाटन अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

मृतक वीरगञ्जका ४५ वर्षका पुरुष हुन्। उनी साउन १७ गते स्टार अस्पतालबाट पाटनमा रेफर भएका थिए। उनी मधुमेह र रक्तचापका बिरामी थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com