काठमाडौँ उपत्यकामा १५ दिनको लागि ‘सटडाउन’ लागू गरिँदै


प्रकाशित मिति : श्रावण २३, २०७७ शुक्रबार

कोरोना भाइरसको महामारी फैलिइरहेका बेला काठमाडौं उपत्यकामा जोखिम कम गर्नका लागि १५ दिनका लागि सट डाउन हुने भएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि आगामी आइतबारदेखि लागु हुनेगरी सट डाउनको निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका सिडियोहरुसहित तीनै जिल्लाका जिल्ला समन्वय समितिको बैठकले उपत्यकामा आइतबारदेखि सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयका कामहरु सम्भव भएसम्म नियन्त्रित गर्ने निर्णय गरेको  छ । जिल्लास्तरीय सीसीएमसीका तीनै जिल्लाका कमिटीहरुबीच शुक्रबार बसेको बैठकले उपत्यकामा संक्रमण बढ्दै गएकाले यस्तो निणर्यगर्नु परेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालले बतानुभयो ।

बैठकमा सहभागी एक सदस्यका अनुसार काठमाडौँमा संक्रमण बढ्दै गए र आवागमन तथा हिँडडुलमा नियन्त्रण नभए उपत्यकाको स्थानीय प्रशासनले निषेधाज्ञासम्मको तयारी गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com