तत्काल लकडाउन हुँदैन : संचारमन्त्री खतिवडा ( मन्त्रिपरिषद्का १८ निर्णय )


प्रकाशित मिति : श्रावण २२, २०७७ बिहीबार

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले तत्काल लकडाउन नहुने बताउनु भएको छ । उहाले बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा उनले सरकार देशभर लकडाउन गर्ने मनस्थितिमा नरहेको बताउनुभयो । ठाउँ–ठाउँमा लकडाउन भएको देखिए पनि चैत ११ गते जारी भएको जस्तो मुलुकभर लकडाउन नहुने उहाले बताउनु भएको हो । यद्यपी संक्रमणको जोखिम हेरेर ती ठाउँहरूमा भने लकडाउन गर्न सकिने बताउनुभयो ।

अहिले पनि दुई दर्जन बढी स्थानीय तहहरूमा लकडाउन गरिएको छ। संक्रमणको जोखिम हेरेर जिल्ला प्रशासनहरूले लकडाउन गर्नसक्छ तर पहिले जस्तो देशभर लकडाउन गर्ने कुरा तत्काल छैन, उहाले भन्नुभयो ।

प्रवक्ता खतिवडाले अहिले नै सार्वजनिक यातायात, हवाई सेवा एवं विद्यालय कलेज खोल्ने अवस्था भने नरहेको बताउनुभयो । केही दिनभित्र सीसीएमसीको बैठक बसेर मात्रै सबै कुराको समीक्षा गरेपछि मन्त्रिपरिषद्ले निर्णय गर्ने समेत उहाले बताउनुभयो । यस्तै, त्यस्तै विदेशमा अलपत्र अवस्थामा रहेका र स्वदेश फकाएउनै पर्ने अवस्थामा रहेकालाई ल्याउने र अरुलाई स्थिति सहज भएपछि नेपाल ल्याउने तयारी रहेको डा. खतिवडाले बताउनुभयो ।

सरकारले कोरोना संक्रमणको जोखिम फेरि बढेको भन्दै उपत्यकामा बिहीबारदेखि अत्यावश्यक सेवाबाहेकका सवारीमा जोर–बिजोर प्रणाली लागू गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com