पछिल्लो २४ घण्टामा उपत्यकामा ८६ सहित ३ सय ६० जना संक्रमित थपिए


प्रकाशित मिति : श्रावण २२, २०७७ बिहीबार

कोरोना भाइरसका ३६० जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २१ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे दैनिक प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ६२२ जनाको स्वाब परीक्षण गरिएको छ । हाल नाै हजार ४७० जना क्वारेन्टिनमा छन् । सक्रिय सङ्क्रमित सङ्ख्या छ हजार २९६ रहेका छन् । सङ्क्रमित भएर मृत्यु हुनेको सङ्ख्या पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा २३३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै हालसम्म १५ हजार ३८९ जना सङ्क्रमित कोरोनामुक्त भइसकेका छन् ।

काठमाडाैं उपत्यकामा ८६ जना सङ्क्रमित भएका छन् । काठमाडाैंमा मात्रै ८१ जना र ललितपुरमा चार र भक्तपुरमा एकजना रहेका छन् । मृत्यु संख्या ६५ पुगेकाे छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com