नेपालमा पहिलो पटक मन्त्रीलाई कोरोना संक्रमण
प्रकाशित मिति : श्रावण २२, २०७७ बिहीबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2020/08/mantri-gyanendra-yadav-750x375-1.jpeg?fit=750%2C375&ssl=1)
प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादबमा पनि कोरोना पुष्टि भएको छ ।
बुधवार साँझ आएको रिपोर्ट अनुसार मन्त्री यादबमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्रोतले जनाए । मन्त्री यादब मधेस भवनकै आइसोलेसनमा बस्नु भएको छ ।
नेपालमा पहिलो पटक मन्त्रीलाई कोरोना लागेको छ । मन्त्री यादबकै मन्त्रालयका एक महिलासहित ७ कर्मचारी समेत कोरोना संक्रमित भएका छन् । संक्रमित कर्मचारीहरु २८ देखि ५२ वर्ष उमेर समुहका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का ६ कर्मचारी र सामाजिक विकास मन्त्रालयका समेत ३ कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ ।