काठमाडौंमा कोरोनाबाट एक जनाको मृत्यु , नेपालमा मृत्यु संख्या ६३


प्रकाशित मिति : श्रावण २१, २०७७ बुधबार

कोरोना भाइरसको संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

मनमोहन अस्पतालबाट उनी १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् . उनलाई निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com