पर्सामा १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु


प्रकाशित मिति : श्रावण २१, २०७७ बुधबार

पर्साको पोखरिया–८ जगतपुरमा गत सोमबार मृत्यु भएको एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

पहिला उनलाई पखाला लागेको थियो भने अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।

मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको छ । ती युवतीको घर पोखरिया–८ जगतपुर हो । उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन् । कोरोना संक्रमणबाट पर्सामा १३ जनाको मृत्यु भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com