प्रहरीका पूर्व एआईजीलाई कोरोना संक्रमण


प्रकाशित मिति : श्रावण २१, २०७७ बुधबार

नेपाल प्रहरीका एक अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका एक अधिकृतका अनुसार लकडाउन अवधिभर काठमाडौं बाहिर नगएका पूर्वएआईजीको संक्रमणको स्रोत भेटिएको छैन । त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एकजना आयुक्तको परिवारमा पनि संक्रमण देखिएको छ । आयुक्तका परिवारका दुईजना सदस्यलाई कोरोना देखिएको अख्तियार स्रोतले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com