काठमाडौं उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउन सक्छ: स्वास्थ्यमन्त्री ढकाल


प्रकाशित मिति : श्रावण १८, २०७७ आईतबार

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमतामा सरकारसँग रहेको बताएका छन् । सरकारले परिस्थितिलाई हेर्दै परीक्षणको दायरा बढाउने र त्यसको तयारी स्वरुप दैनिक १८ हजार परीक्षण गर्न सक्ने क्षमताको विकास गरेको मन्त्री ढकालले बताए । मन्त्री ढकालले सरकारले दैनिक १८ हजार जनासम्मको परीक्षण गर्न आवश्यक सबै सामग्रीलाई तयारी अवस्थामा रोखेको बताए ।

उनले भने– ‘हामीसँग क्षमताको हिसाबले कुरा गर्दा १८ हजार प्लसमा हामी पुगेका छौं र यो १८ हजारको क्षमतामा हामी प्रतिदिन त्यसको रिपोर्ट दिन सक्छौं भन्नुको अर्थ सामग्री पनि त्यही भोलुममा चाहिन्छ भन्ने कुरालाई हामीले हेक्का राखेका छौं ।’

६ लाख जनसंख्याको पीसीआर परीक्षण गर्ने तयारी सरकारले गरिरहेको समेत मन्त्री ढकालले बताए । अहिलेसम्म ३ लाख ७० हजारभन्दा बढीको पीसीआर परीक्षण भइसकेको र त्यसलाई ६ लाख पु-याउने तयारी स्वरुप सरकार अगाडि बढेको बताए । उनले भने– ‘सम्माननीय प्रधानमन्त्रीले संसदमा बोल्दाखेरी नै जनसंख्याको दुई प्रतिशतलाई हामीले परीक्षणको दायरामा ल्याउँछौं भनेर उहाँले भन्नुभएको छ ।

हामीले त्यसलाई ६ लाखको संख्यामा बुझेका छौं र ६ लाख पीसीआर प्रविधिबाट परीक्षण गर्ने सामथ्र्यसहित रहनुपर्छ भन्ने विषयको तयारीमा मन्त्रालय छ । अहिलेसम्म मलाई लाग्छ हामी ३ लाख ७० हजार भन्दा बढी नै छौं । यसले गर्दा ६ लाखसम्म गराउने खालको जोहो गरेर नै हामी बसेका छौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले परीक्षण नगरेका कारणले रिपोर्टहरु कम भएको भन्ने कुरा सत्य नभएको बताए । तर सबै ठाउँमा पुगेर परीक्षण गरिएको दावी नगरिएको समेत उनले बताए । सरकारले बनाएको मापदण्ड अनुसारनै परीक्षण भएको उनको दावी छ । उनले भने– ‘परीक्षण नगरेको कारणले अथवा परीक्षण कम गरेको कारणले रिपोर्ट कम भयो भन्ने खालको कुरा सत्य होइन । त्यो यथार्थमा आधारित छैन् । यसको अर्थ पुग्नुपर्ने सबैठाउँमा पुगेर हामीले गरेका छौं, यो मेरो दावी होइन् । तर हामीले जे क्राइटेरिया बनाएका छौं अहिलेसम्म त्यसका आधारमा हामीले गरेका छौं ।’

काठमाडौं उपत्यकामा संक्रमण फैलिएको सम्बन्धमा मन्त्री ढकालले सरकार नयाँ रणनीतिअनुसार नियन्त्रण गर्ने गरी अगाडि बढ्न लागेको बताए । बाहिरी जिल्लाबाट उपत्यकाभित्र आउने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने, जोर बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिने र पीसीआर टेस्टको दायरालाई बढाएर जाने लगायतका विषयलाई अगाडि बढाइने उनले बताए । अहिले देखिएको संक्रमणको अवस्थाको वृद्धिदर अझै बढ्दै गयो भने काठमाडौं उपत्यकामा कुनैपनि बेला भयावह स्थिति आउन सक्ने भएकाले सचेत रहन आग्रह गरे ।

उनले भने– ‘बाहिरबाट आउने व्यक्तिहरुको हकमा क्वारेन्टाइनमा राख्ने खालको व्यवस्थापनमा हामीले जोड दिनुपर्छ । दोस्रो गाडी चलाउने कुरामा पनि भरमजदुर भन्दा पनि जोर बिजोर प्रणालीको कुरा गरियो भने त्यसले एक हदसम्म आवश्यकतालाई पनि पूर्ति गर्न सक्छ । अति आवश्यक भएको ठाउँमा हामीले पीसीआर टेस्टको निम्ति स्वाब कलेक्सन गर्ने खालको निकायलाई अझ प्रभावकारी र व्यवस्थित बनाएर तल सम्म जाने खालको कुरालाई गर्नुपर्छ ।

यस्तो खालको काम गरेर बाहिर र भित्रको सम्बन्धको बारेमा क्लियारिटी गरेर होम क्वारेन्टीनको कुरो अथवा स्थानीय क्वारेन्टीनको ग्यारेन्टी भएपछि मात्रै गर्ने खालको कुरा गरिएन भने जति जनसंख्या बेसी यति सघन मात्रामा रहेको काठमाडौंमा आगो सल्कियो अथवा डढेलो लाग्यो भने त्यो डढेलो निभाउने कुरा अरु बाहिर गाउँमा अथवा सानो सहरमा भएको भन्दापनि यो विस्फोटक हुन सक्छ ।’

सरकारले लागू गरेका नियम र मापदण्डहरुलाई पालना नगर्दा फेरि संक्रमणको स्थिति बढ्ने अवस्थामा देखिएको उनले बताए । लकडाउन खुकुलो भएपछि मानिसहरुको मुभमेन्ट बढेको र संक्रमण देखिएका ठाउँबाट समेत मानिसहरु काठमाडौंमा आउँदा जोखिम बढेको उनले बताए । काठमाडौं उपत्यकाका नाकाहरुमा परीक्षण गर्दा संक्रमण देखिनुले यसलाई पुष्टि गरेको समेत उनले बताए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com