सभामुखसहित सचिवालयमा कार्यरत कर्मचारी र सुरक्षाकर्मी सबैको कोरोना नेगेटिभ


प्रकाशित मिति : श्रावण १७, २०७७ शनिबार

सभामुख अग्निप्रसाद सापकोटासहित उनको सचिवालयमा कार्यरत कर्मचारी र सुरक्षाकर्मी सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्वाब लिइएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको सभा मुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।

उनका अनुसार सभामुख सापकोटा सहित स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । सभामुखको रक्षार्थ खट्ने एक सुरक्षाकर्मीेमा कोरोना देखिएकापछि सापकोटा र उनको सचिवालय टोली सबैको शुक्रबार स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com